ईलाम : इलामको कन्याम पुग्नेहरु चियाबारीमा फोटो खिच्न र घोड सवार गर्न औधी रुचाउँछन् । घोडामा चढेर तस्बिर खिचाउन र घोडामा सवार हुन त्याहा पुगेकाहरुलाई अनिवार्यता जस्तै बनिसकेको छ । यसबाट घोढ चढि व्यवसाय निक्कै फस्टाएको छ, ईलामको कन्याममा ।

ईलामको कन्याममा घोडाचडी ब्यवसाय बाट राम्रो आम्दानी लिन सफल भएको ब्यवसायीहरुको भनाई छ । इलामकै मुख्य पर्यटकीय गन्तब्य मध्येको एक कन्याममा यो ब्यवसायमा १५ देखि २० जना सम्म युवाहरु सक्रिय रहेका छन ।
दैनिक सँयौका सङ्ख्यामा स्वदेश तथा विदेशबाट कन्याममा हरियाली प्राकृतिक नियाल्न आउने पर्यटकको रोजाईमा परिहाल्छ घोडा ।
घोडामा चढेर फोटो खिच्ने सडक आसपास तथा चियाबारीका डाडाहरुमा घुम्न युवा युवती आर्कर्षित हुन्छ । यसबाट एक दिनमा २५ सयसम्म कमाउन सफल भएको ब्यवसायी विवेक तामाङ्ग बताउछन् ।
पर्यटकहरु पनि घोडा चढ्नमा धेरै आर्कर्षित भएको पाईन्छ । विभिन्न स्थानबाट कन्याम पुगेका आन्तरिक पर्यटकहरुको पहिलो रोजाई अहिले घोडाचढी बन्ने गरेको छ ।

घरबाट घोडा तान्दै कन्याम आउने व्यवसायी घोडा प्रति पर्यटकको आर्कषण बढ्दा यसबाट हुने आम्दानी प्रति सन्तुष्ट छन् । कन्यामलाई केहि वर्षदेखि घोडाचढी ब्यवसाय गर्दै आएका प्रेम तामाङ्ग आफुले यहि व्यवसायबाट आफ्नो घर खर्च चलाईरहेको बताउँछन् । उनले आफ्ना छोराछोरीलाई राम्रै शिक्षा दिक्षा दिईरहेका छन् । गरे जुनसुकै व्यवसायबाट पनि लाभ लिन सकिने उनी बताउँछन् ।
मासिक ३० हजार देखि ५० हजार सम्म आम्दानी गर्न सफल यस ब्यवसाय प्रति धेरैको रुची बढेको पाईएको छ ।