धरान (डेस्क) : सुनसरीको धरान उपमहानगरपलिका २० बिष्णुपादुकामा भएको आगलागीमा करिव ८ लाख बराबरको क्षति भएको छ ।

सोमबार बिहान ९ः३० बजेको समयमा स्थानीय जित बहादुर राईको घरमा अचानक आगलागी हुँदा निजको घरमा रहेको खाद्यान्न, लत्ता कपडा तथा भाँडावर्तन समेत जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

सो आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान ११ः३० मा पुर्ण रुपमा नियन्त्रणमा एको थियो भने आगलागीबाट कुनै पनी मानवीय तथा चौपाया क्षति नभएको उक्त कार्यालयले जनाएको छ ।