सुनसरी: इटहरी उपमहानगर गेट पूर्वतर्फ आधुनिक सार्वजनिक शौचालय निर्माण गरिने भएको छ ।

इटहरी उपमहानगरको प्रवेशद्धारको पूर्वतर्फ सार्वजनिक शौचालय र पश्चिम तर्फ वारुणयन्त्रका कर्मचारीको विश्रामस्थल निर्माण गर्ने नगरकार्यपालिकाको वैठकले निर्णय गरेको छ । इटहरी वडा नम्वर ६ का वडाध्यक्ष दीपक गौतमका अनुसार यही साता शौचालय शिल्यान्यास गरी चालु आर्थिक वर्षभित्रमा निर्माण सकिने छ ।

नगरस्तरीय वडासमितिको वजेट ३० लाखको लागतमा अत्याधुनिक वायो टवाइलेट निर्माण गरिने वडाध्यक्ष गौतमले जनाउनुभयो । सो शौचालयवाट ग्याँस उत्पादन गरिने छ । अहिले इटहरीचौक आसपास वडा नम्वर ६ आइत, वुध हटियामा र इटहरी वसपार्कमा सार्वजनिक शौचालय छन ।