फ्रान्सका फुटबल हस्ती जिनेदिन जिदान पुनः स्पेनिस क्लब रियाल मड्रिडका मुख्य प्रशिक्षक बनेका छन् ।

लगातार खराब प्रदर्शन गर्दै आएको रियाल मड्रिडले सान्टियागो सोलारीलाई बर्खास्त गर्दै जिदानलाई क्लबको जिम्मेवारी दिएको हो । रियालले सामाजिक सञ्जालबाट सोलारीलाई बर्खास्त गर्दै जिदानलाई नियुक्त गरेको जनाएको छ । जिदान क्लब छाडेको १० महिनापछि पुनः रियाल मड्रिड फर्किएका हुन् ।

रियालसँग जिदानले सन् २०२२ सम्मको सम्झौता गरेका छन् । रियाल मड्रिडलाई लगातार तीन सिजन युएफा च्याम्पियन्स लिग जिताएपछि जिदालने गत मे महिनामा क्लब छाडेका थिए ।

यसअघि उनले एउटा खेलाडी र प्रशिक्षकको रुपमा रियाल मड्रिडलाई झन्डै एक दर्जन उपाधि जिताएका थिए । जिदानले जिम्मेवारी समाले पनि यो सिजन भने रियाल मड्रिड उपाधिबिहिन हुने देखिएको छ । रियाल च्याम्पियन्स लिग र कोपा डेल रे फुटबल प्रतियोगिताबाट बाहिरिसकेको छ भने स्पेनिस लिगमा शीर्ष स्थानको बार्सिलोनाभन्दा १२ अंकले पछि छ ।