चिनियाँ टेलिकम कम्पनी हुवाएसँग सहकार्य नगर्न अमेरिकाले जर्मनीलाई दबाव दिएको छ ।

जर्मनीका लागि अमोरिकी राजदूत रिचार्ड ग्रेनेलले जर्मन सरकारलाई एक पत्र लेख्दै हुवाएसँग कुनै पनि सहकार्य नगर्न आग्रह गरेका हुन् ।

जर्मनीले ‘फाईभ–जी’ टेलिकम विस्तारको ठेक्का चिनियाँ कम्पनी हुवाएलाई दिने तयारी गरिरहँदा अमेरिकाले यस्तो चेतावनी दिएको हो । हुवाएसँगको सहकार्यले आफ्नो सुरक्षा गोपनियता भंग हुने अमेरिकाको तर्क छ ।

जर्मनीले चिनियाँ कम्पनीसँग सहकार्य जारी राखे जासुसी र अनुसन्धानमा अमेरिकाले सहयोग बन्द गर्ने चेतावनी पनि अमेरिकी राजदूतले दिएका छन् । जर्मनीले अमेरिकाको पत्र प्राप्त भएको पुष्टी गर्दै छिट्टै अमेरिकालाई यसको औपचारिक जवाफ दिने तयारी गरिरहेको जनाएको छ ।