धरान: धनकुटा नगरपालिका–९ बेलहराको एक परिवराले जंगली जडिबुटी खादा एक जनाको मृत्यु भएको छ भने अन्य ५ जना विरामी परेका छन् ।

विरामीहरुको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । सोमबार साँझ ‘ठुलो ओखती’ भन्दै जंगली जडिबुटी पकाएर खादा उनीहरु विरामी परेका हुन् । मृत्यु हुनेमा ६३ वर्षिय माधव प्रधान रहेको प्रतिष्ठान प्रहरी पोष्टका इन्चार्ज सई तिलक गिरीले बताए । परिवारका अन्य सदस्यसहित उपचारको लागि प्रतिष्ठानमा ल्याउने क्रममा उनको मृत्यु भएको सई गिरीले बताए । ‘जडिबुटी खाएर बिरामी भएका ६ जनालाई विहान सवा ४ बजे यहाँ ल्याइपु¥याएको थियो, त्यतिवेला माधव प्रधानको मृत्यु भइसकेको थियो,’उनले भने,‘अन्य ५ जनाको उपचार भइरहेको छ ।’

प्रहरी पोष्टका अनुसार विरामी हुनेहरुमा मृतककी श्रीमती ६२ वर्षिय नरमाया प्रधान, ४१ वर्षिया छोरी सीता दंगाल, २८ वर्षिया छोरी कविता श्रेष्ठ, ३० वर्षिय ज्वाई दिपक प्रधान, मृतकका ११ बर्षीय नाती कुशल श्रेष्ठ रहेका छन् । प्रतिष्ठानको आकस्मिक कक्षमा उपचाररत कविता श्रेष्ठले गाउँघरमा पाइने ‘ठुलो ओखती’ नामको जडिबुटी खाएर विरामी भएको बताइन् । ‘गाउँघरमा ठुलो ओखती भन्छन्, सुत्केरीहरुलाई हात, गोडा दुख्दा औषधीको रुपमा खाने गरिन्छ, हामीले त्यही खाएको हो,’उनले गहभरी आँशु निकाल्दै भनिन्,‘किनेर ल्याएर खाएको थियौ । अरुबेला पनि खाइन्थ्यो, खै हिजो चै के भयो ।’

jadibutti-piccccc

परिवारले चामलको हलुवासँग मिसाएर पकाएर ओखती खाएका थिए । शुरुमा उनको सीताको श्रीमान् दीपक विरामी भएका थिए । ज्वाई विरामी भएको खबर बुबाले दाजुलाई गरेको उनले बताइन् । त्यसपछी, दिदीको छोरो र बुबा पनि विरामी परेका थिए । एक पछि अर्को परिवारका सदस्यहरुको शरीर दुख्ने, रिंगाटा लाग्ने हुन थालेको सीता बताउँछिन् । दाजु र भाउजुलाई पनि उक्त खानेकुरा लगिदिने तयारीमा रहेको अवस्थामा परिवारको सदस्यहरु विरामी हुन थालेपछि उनीहरु भने जोगिएका थिए । ‘दाजु भाउजु अलिक तल बस्नुहुन्छ, लगिदिने भन्दै थियौ, त्यति बेला हामीलाई भेट्न थालिहाल्यो,’उनले भनिन् ‘सुरुमा मेरो श्रीमानलाई भेट्यो, अनि बुबालाई भेट्यो, दिदी र दिदीको छोरालाई भेट्यो, ममिलाई अनि मलाई भेट्यो ।’

जडिबुटी खाएपछि शुरुमा हात खुट्टा कटकट दुखेर आएको उनलाई सम्झना छ । दाजु आएपछि के खायौ भनेर सोधेको र जडिबुटीको नाम बताएपछि वमिट गर्न सल्लाह दिएको सीताले बताइन् । उनी ४ दिन अघिमात्र श्रीमान्सहित माइती गएकी थिइन् । उनीहरुको घर सुनसरीको बराहक्षेत्र–९ मा पर्छ ।

S7630002