धरान (डेस्क) : झापामा दुई करोड ५५ लाखको लगतमा जिल्ला ट्राफिक प्रहरी कार्यालय भवन निर्माण हुने भएको छ ।

बिर्तामोड नगरपालिकाले आठ कट्ठा जग्गा उपलब्ध गराएपछि भवन निर्माणका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिए ।

भूकम्प प्रतिरोधात्मक निर्माण हुने सो भवन तीन तलेको हुनेछ ।