इटहरी: महिलाहरुले केही गर्न सक्दैनन् भन्ने सोचलाई तोड्न इटहरीमा ममता प्रसाईले फिट्नेस सेन्टरको सुरुवात गरेकी छिन् ।

करीब ५ बर्ष डेनमार्कमा बसेर आएकी उनले महिलाहरुले पनि व्यापार, व्यावसाय गर्न सक्ने र आफ्नै ठाउँमा स्वरोजगार बन्ने नमुना पेश गर्न फिटनेस सेन्टरमा लगानी गरेको बताइन् । बुधबार पत्रकार सम्मेलन गर्दे उनले महिलाहरुलाई बिशेष लक्षित गरेर फिटनेश सेन्टर सञ्चालनमा ल्याएको बताइन् । उनका अनुसार सो फिटनेश सेन्टरमा गर्भवती महिलाहरुलाई कसरत सिकाइनेछ भने प्रेसर हाई, प्रेसर लो, सुगर भएकाहरुलाई पनि उपयोगी रहनेछ । ‘प्रदेश १ मा नै महिलाहरुलाई फिटनेश सिकाउने ठाउँ एकदमै कम छ, यहाँ गर्भवती महिलालाई पनि स्वस्थ्य रहन फिटेनश सिकाइन्छ,’उनले भनिन् ।

fitness-itari53

प्रसाईले एक करोड लागतमा फिटनेस सेन्टर सञ्चालनमा ल्याएकी हुन् । शारीरिक व्यायमका लागि जिम, जुम्बा डान्स, बेट ट्रेनिङ, क्रस पिट एकेडेमी, पर्सनल ट्रेनिङ लगायत शरीरको मोटोपना घटाउने र बढाउने सम्बन्धी सबै कुराहरु सिकाईने उनको भनाई छ । ‘हामी बाहिरी मुलुक गएर उतै बस्ने गर्छौ, तर स्वदेशमा केही गर्नुपर्छ भनेर यो फिटनेस सेन्टरको सुरुवात गरेकी हुँ,’उनले भनिन् । फिटनेस सेन्टरको शुल्क महिनाको २ हजार रुपैया तोकिएको सञ्चालिका प्रसाईले बताइन् ।

इटहरीको बीपी चौकमा अवस्थित द व्यायमशाला नामक फिटनेसमा सबै उमेर समूहका मानिसहरुले शरीरको कसरत गर्न सकिने उनले जानकारी दिईन् । प्रदेश १ मा नभएको मेशिन राखिएको र नौलो तरिकाले फिटनेस सञ्चालन गरेको उनको भनाई थियो ।

fitness-itri30