विराटनगर : साफ महिला च्याम्पियन्सिप फुटबल प्रतियोगित अन्तर्गत आज दोस्रो दिन भएको खेलमा भारतले माल्दिभ्स विरुद्ध फराकिलो गोलअन्तरले जित दर्ता गरेको छ ।

शहीद रंगशालामा बुधबार भएको खेलमा भारतले माल्दिभ्सलाई ६-० गोलअन्तरले हराउदै विजयी शुरुवात गरेको छ । भारतले आक्रमक खेल पस्कदै पहिलो हाफको १४ मिनेटमा खाता खोलेको थियो । भारतको लागि पहिलो गोल ग्रासेई दाङ्गमैईले गरिन् । पाँच मिनेट नबित्दै स्विटी देवीले भारतको लागि दोस्रो गोल गरिन् भने २३ औँ मिनेटमा इन्दुमतिले तेस्रो गोल गरिन् ।

यस्तै, खेलको २७ औ मिनेटमा सञ्जुले चौथो गोल गरिने भने रतन्वाला देवीले पहिलो हाफमा नै भारतको लागि पाँचौ गोल गरेकी थिइन् । छैटौं गोल दोस्रो हाफो ९० औ मिनेटमा सञ्जुले गरेकी थिइन् । महिला साफमा भारत चार पटकको विजेता टोली हो । मंगलबार च्याम्पियनसिपको उद्घाटनमा नेपालले भुटानलाई ३-० गोलअन्तरले हराएको थियो ।