ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “जातीय उत्थानका नाममा ठगी” शीर्षकको समाचार छापिएको छ । ताप्लेजुङ मेरिङग्देन गाउँपालिका १ का विश्वनाथ लङवाले किरात माइक्रो फाइनान्स खोल्न भन्दै २०७२ साल फागुनको महिनामा १ लाख ५ हजार रुपैयाँ दिए । उनलाई किरात जातीको अवस्थालाई उत्थान गर्ने र भविष्यमा आफ्ना छोराछोरीले समेत काम गर्न पाउने प्रलोभन देखाए । लगानी गदा पैसै पैसाकमाइ हुने प्रलोभन सुनाएका कारण फाइनान्स कम्पनीमा लगानी गरेको बताए । लगानी गर्ने अवधी सकिनै लागेको भन्दै जतिसक्दो चाडो लगानी गर्ने रकमको व्यावस्थापन गर्न दबाव समेत दिइएको उनले बताए । भविष्यमा राम्रो हुने र छोराछोरीले पेनसन सहितको कामसमेत पाउने भएपछि उनले साहुँबाट ४ का दरले ऋण खाजेर फाइनान्समा लगानी गरे । तर अहिले उनको त्यो लगानी कहाँ छ कुनै पत्तो छैन । तर साहुँ भने त्यसबेलाको साँवाब्याजसहितको हिसाब माग्दै आएका छन् ।

त्यसैगरी आजको ब्लाष्ट टाइम्स दैनिकमा “उपहारको प्रलोभन देखाई बलात्कार” शीर्षकको समाचार छापिएको छ । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ६ धप्पर टोलका २५ वर्षीय चन्द्रमणि आचार्यले एक बालिकालाई आफ्नै घरमा बन्धक बनाएर बलात्कार गरेको घटना तीनदिनपछि सार्वजनिक भएको छ । लेटाङ नगरपालिका घर भएकी १३ वर्षीय बालिकालाई उर्लाबारीस्थित घरमै लगेर रातभर बलात्कार गरेको घटना तीनदिनपछि सार्वजनिक भएको हो । बलात्कारमा संलग्न आचार्यलाई भागेर मोरङकै मिक्लाजुङ गाउँपालिका वडा नं. ६ घप्परटोलमा पुगेको अवस्थामा पक्राउ गरीएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिम्सिनाले बताए । प्रहरीका अनुसार रेडियो कार्यक्रम पत्रमित्रता मार्फत लेटाङकी एक युवतीसंग चिनजान भएको र युवतीको माध्यमबाट ती बालिका र आचार्यबीच चिनजान भएको थियो ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “महानगरले थाल्यो पहल” शीर्षकको समाचार छापिएको छ । फोहोरबाट उर्जा उत्पादन गर्ने परियोजना सञ्चालनका विषयमा झापा, मोरङ र सुनसरीका स्थानीय तहहरु सकारात्मक देखिएका छन् । विराटनगर महानगरपालिकाको अगुवाईमा फोहोरबाट उर्जा उत्पादन गर्ने परियोजना सञ्चालनका लागि झापा, मोरङ, सुनसरीका स्थनीयतहरु सकारात्मक देखिएका हुन् । फोहोरबाट उर्जा निकाल्ने विषयमा विराटनगर महानगरपालिकाले औपचारिक र अनौपचारिक रुपमा विभिन्न स्थानीय तहहरुसंग छलफल अघि बढाएको महानगर प्रमुख भीम पराजुलीले बताए ।

उद्घोष : आजको उद्घोष दैनिकमा “हत्या अभियोगमा जन्मकैद” शीर्षकको समाचार छापिएको छ । जिल्ला अदालत भोजपुरले साल्पासिलिछो गाउँपालिका ५ सालेवाका २० वर्षीय सञ्जय राईलाई जन्मकैदको फेसला गरेको छ । राईले एक बालिकालाई जबर्जस्ती करणीको प्रयासपछि भदौ १० गते हत्या गरको अभियोगमा जन्मकैदको फैसला गरेको अदालतले जनाएको छ । साथै अदालतले राईलाई एक लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको निमित्त श्रेस्तेदार नवीन कोइरालाले जानकारी दिए ।