धरान : नेपालका लागि हुण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले फागुन ३० गते देखि हुण्डाई एक्सचेन्ज् कार्यक्रम देशभरि सञ्चालन हुने जनाएको छ ।

विहिबारबाट सुरु हुने एक्सचेन्ज योजना चैत्र ५ गते सम्म चल्ने कम्पनीले जनाएको छ । यस योजनामामा पुरानो सवारी साधनको उचित मुल्याङ्कन, फाइनान्स सुविधा तथा अधिक छुट पाईने कम्पनीले जनाएको छ । ४ बर्षसम्म र्ममत सुबिधा तथा ३ बर्षको वारेन्टी पनी पाईने कम्पनीले जनाएको छ । यी बाहेक एक्स्चेन्ज अवधिभर कुनैपनि गाडिको एक्स्चेन्जमा विशेष उपहार प्रदान गरीने कम्पनीको विज्ञप्तीमा उल्लेख गरीएको छ ।
ग्राहकहरुलाई सधै उत्कृष्ट सुविधा प्रदान गर्न लक्ष्मी हुण्डाई तल्लीन रहेको छ । यस देश व्यापी कार्यक्रमले पनि ग्राहकहरुलाई उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्नेछ । यो योजना नेपालको सम्पुर्ण सोरुममा उपलव्ध छ ।