विराटनगर: विराटनगरको शहीद रंगशालामा जारी पाँचौ साफ महिला च्याम्पियनसिपमा आज वंगलादेश र भुटानबीच प्रतिस्पर्धा हुदैछ ।

यी दुवै टोलीमा वंगलादेश वलियो मानिन्छ । वंगलादेशले २ बर्षअघि फाइनल खेलेको थियो, जसमा उपविजेता बन्यो । साफ च्याम्पियनसिपमा अहिलेसम्म यी दुई टोली २ पटक मात्र भेटेका छन् । पहिलो साफमा वंगलादेशले भुटानलाई ९-० को फराकिलो गोलअन्तरले हराएको थियो । दोस्रो साफमा पनि बंगलादेशले १-० ले हराएको थियो ।

साफमा भुटान कमजोर टिम मानिन्छ । नेपालसँगको पहिलो खेलमा भुटानलाई ३-० ले हारेको थियो । आज वंगलादेशसँग पनि भुटानको हा भए च्याम्पियनसिपबाट बाहिरिने छ । ‘ड्रागन गर्ल्स’को उपमा पाएको भुटानी टोलीको उत्कृष्ट प्रर्दशन सन् २०१० मा समूह चरणको श्रीलंकासँग १–१ गोलको बराबरीलाई मानिएको छ । भुटानविरुद्ध बंगलादेशले आज फराकिलो जित दर्ता गरेमा नेपाललाई सेमीफाइनल पुग्न निक्कै चुनौती थपिनेछ ।