पथरी: उर्लाबारी बहुमुखी क्याम्पसले यहाँ जारी क्याम्पस स्तरीय भलिवल प्रतियोगिताको उपाधि जितेको छ ।

मोरङको पथरीशनिश्चरेमा बिहिबार सम्पन्न जिल्लाको क्याम्पस स्तरीय महिला भलिबल प्रतियोगिताको फाइनलमा पथरी बहुमुखी क्याम्पसलाई हराउदै उर्लाबारीले उपाधि जितेको हो । वेस्ट अफ थ्रीको आधारमा सम्पन्न एक दिवसिय प्रतियोगितामा उर्लाबारीले २५–१४, १८–२५ र २५–१५ को सेटमा पथरीलाई हराउदै उपाधि जितेको हो ।

बिजेता क्याम्पसको टिमलाई पथरीशनिश्चरे नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाले नगद १५ हजारसहित ट्रफी, मेडल पुरस्कार प्रदान गरिन् भने उपविजेतालाई नगद १० हजारसहित कप, ट्रफी, मेडल पुरस्कार दिइएको थियो । प्रतियोगिता किरात राई खेलकुद संघ मोरङले आयोजना गरेको थियो ।