विराटनगर: वंगलादेशसँग भुटान पराजित भएपछि विराटनगरमा जारी पाँचौ साफ महिला च्याम्पियनसिपमा एक खेल बाँकी छँदै आयोजक नेपाल र वंगलादेश प्रतियोगिताको सेमीफाइलन प्रवेश गरेको छ ।

विराटनगरस्थित शहीद रंगशालामा आज भएको खेलमा वंगलादेशले भुटानलाई २ ० गोलअन्तरले हराएपछि समुह ए बाट एक खेल बाँकी छँदै नेपाल र वंगलादेश सेमीफाइनल प्रवेश गरेको हो । भुटान भने लगातार दोस्रो हार व्यवहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । शनिबार समुह ए को अन्तिम खेलमा नेपाल र वंगलादेश एकआपसमा भिड्नेछन् । उक्त खेलको नतिजाले समुह विजेता र उपविजेताको टुंगो लाग्नेछ ।

bhuvban-1432019124227-1000x

आज भएको खेलमा पहिलो हाफ दुवै टिमले गोलरहित बराबरी खेलेको थियो । दोस्रो हाफको ४७ औं मिनेटमा मौसुमी जहानले गोल गर्दै वंगलादेशको खाता खोलेकी थिइन् भने सविना खातुनले ८५ औ मिनेटमा दोस्रो गोल गर्दै जित पक्का गरिन् । भोली शुक्रबार समुह बीअन्र्तगतको माल्दिभ्स र श्रीलंकाबीच खेल हुनेछ ।