धरान (डेस्क) : विराटनगरमा जारी पाँचौ साफ वुमेन च्याम्पियनसीप फुटबलमा आज शुक्रबार समुह ’बी’ अन्तर्गतका मालदिभ्स र श्रीलंका प्रतिस्पर्धा गदैछन् ।
दोस्रो खेल खेल्न लागेको माल्दिभ्स पहिलो जितको खोजीमा रहँदा श्रीलंका पहिलो खेलमै जित निकाल्ने योजनामा रहने छ । मालदिभ्सलाई हराउन सके, समुह ’बी’बाट श्रीलंका र भारतले सेमिफाइनलमा स्थान बनाउने छन् । २ टोलीबीचको प्रतिस्पर्धा सहिद रंगशालामा अपरान्ह ३ बजे पछि सुरु हुनेछ ।

पहिलो खेलमा भारतसँग ६–० ले पराजित भएको माल्दिभ्सलाई सेमिफाइनल प्रवेशको सम्भावना कायमै राख्न आजको खेल जित्नै पर्ने बाध्यता छ । यसअघि हिजो भएको खेलमा भुटानलाई २–० ले हराउँदै बंगलादेशले अन्तिम चारमा स्थान बनायो । भुटानको हारले नेपाल पनि एक खेल अगावै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले समुह चरणको दोस्रो खेलमा भोली शनिबार बंगलादेशको सामना गर्नेछ ।