न्युजिल्याण्ड :  न्युजिल्याण्डको क्राइस्टचर्च स्थित एउटा मस्जिदमा आतङ्ककारी समूहले शुक्रबार गराएको विष्फोटमा परी कम्तीमा ४९ जनाको मृत्यु भएको न्युजिल्याण्डका प्रधानमन्त्री यासिन्दा अडर्नले  जानकारी दिएका छन

उक्त आक्रमणमा परी २० जना घाइते भएका बताइएको छ । घाइते सबै जनालाई स्थानीय अस्पतालमा लगि उपचार शुरू गरिएको छ । घाइतेमध्ये अधिकांशलाई गम्भीर चोट लागेकोले मृतक सङ्ख्या बढ्न सक्ने बताइएको छ ।
“यो प्रष्ट भएको छ कि आक्रमण आतङ्ककारी समूहबाट भएको हो,” प्रधानमन्त्री अडर्नले भने । “प्रारम्भिक अनुसन्धानपछि हामीलाई आएको सूचनामा आक्रमण सुव्यवस्थित तथा सुनियोजित रहेका बताइएको छ । ”

“अन्य दुई विस्फोटक पदार्थ राखी पठाइएको आशङ्कामा दुई गाडीलाई नियन्त्रणमा लिई निष्क्रिय बनाइएको छ,” प्रधानमन्त्रीले घटनास्थलबाट पाएको सूचनालाई उद्धृत गर्दै जानकारी गराए ।