विर्तामोड: झापामा विश्व उपभोक्ता दिवस २०१९ एक बृहत कार्यशाला सहित सम्पन्न भएको छ ।

जिल्ला समन्वय समिति र संवाद समुह झापाको संयुक्त आयोजनामा झापाको विर्तामोडमा रहेको सिटी पार्टी प्यालेसमा झापा जिल्लाका सम्पुर्ण स्थानिय तहका उप प्रमुख, घरेलु तथा साना उद्योगका प्रतिनिधी, नेपाल उद्योग वाणिज्य संघ विर्तामोड, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय झापाका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समितीका सभापती सोमनाथ पोर्तेलको अध्यक्षतामा सम्पन्न कार्यशालाको औचित्य माथि प्रकाश पार्दै अधिबक्ता खगेन्द्र खरेलले स्वागत गरेका थिए भने कार्यक्रमको सहजिकरण संवाद समुह झापाका प्रतिनिधि तथा सञ्चारकर्मी एकराज गिरीले गरेका थिए ।

१९६२ मार्च १५ वाट विश्वभर मनाउन सुरु गरिएको उपभोक्ता अधिकार दिवस झापामा पनि उपभोक्ताः बजार तथा भौतिक पुर्वाधार अनुगमन चुनौती र समस्या समाधानका उपाय विषयक कार्यशाला वाट स्थानिय सरकारमा रहेका उप प्रमुखहरुका लागि लक्षित गरिएको थियो । स्थानिय सरकार अर्थात गाउँपालिका तथा नगरपालिकाका जन निर्वाचित जनप्रतिनिधिहरु मध्ये पनि उप प्रमुखहरुको मुख्य जिम्मेवारी भनेकै मेलमिलाप तथा न्याय सम्पादन सँगै गाउँ नगरमा सञ्चालन हुने हरेक कार्यक्रम तथा गतिविधिको अनुगमनको जिम्मेवारी रहेको हुदा उपप्रमुखहरुका लागि यो कार्यशाला महत्वपुर्ण रहेको थियो ।

स्थानीय तहमा उपप्रमुखहरुले न्यायिक कार्य सम्पादन गर्न गराउन सहज वातावरण तय गर्नका लागि विगत देखिनै सहयोग गर्दै आएको संवाद समुहले आवश्यकता अनुसार उप प्रमुखहरुका लागि थप तालिमहरुको श्यवस्थापन गरिने संवाद समुहका एकराज गिरीले जानकारी दिए । कार्यशालामा सहभागिहरुले स्थानिय सरकारले राजपत्र तयार गरी निर्देशिका जारि गरेर उपभोत्ता र ब्यापारीको वजार संहानलाई अङ्गीकार गर्दै वजार अनुगमनलाई तिव्रता दिनु पर्नेमा जोड दिएका थिए ।