धरान: नेपालका लागि होन्डाको आधिकारीक बिक्रेता कम्पनि स्याकर ट्रेडिङ कम्पनिद्वारा आयोजित “आई डियोड ईटसिजन २”को धरानको प्रतियोगिता सम्पन्न गरेको छ ।

“सवारी चलाउदा मादक पदार्थ सेवन नगरौ”भन्ने भनाई लिएर धरानको युएन नवोदय कलेजमा भएको उक्त प्रतियोगितामा युएनका विद्यार्थीहरूले स्पिन एण्ड वक नामक खेल खेलेका थिए । उक्त खेलमा सबैभन्दा छोटो समय २२ सेकेन्डमा दुरी पार गर्दै युएन कलेजकी सबिरा खड्गी विजयी बनेकी छन् । उनले २४ जना प्रतिर्स्पधीलाई पछि पार्दै विजयी बनिन् । उनले नगद १० हजार पनि हात पारिन् । साथमा काठमाण्डौमा हुने फाईनल खेलको लागि धरानबाट छनौट भएकी छन् । काठमाण्डौमा हुने फाईनल खेलमा विजेता बन्नेले नगद १ लाख पाउनेछन् ।

धरानमा भएको प्रतियोगितामा सहभागि भई विभिन्न चरणमा विजयी भएकाहरूलाई पुरस्कार समेत प्रदान गरीएको थियो । नेपालका धरान, ईटहरी, बिराटनगर, चितवन, बुटवल, नेपालगञ्ज, धनगढि, काठमाण्डौँ, गठ्ठाघर र बालाजु गरी ११ स्थानहरूमा उक्त प्रतियोगिताको आयोजना भईरहेको छ ।

IMG_0057

उक्त समयमा सामाजिक जिम्मेवारी स्वरुप धरान रनको नेवा च्यारेटि एजुकेसन फन्डका लागि २५ हजार रुपैयाँ प्रदान गरीएको थियो । उक्त रकम देव ट्रेडर्स होण्डा सोरूम धरानका सञ्चालक देवेन्द्र कुवर र युएन कलेजका प्रमुख डम्बर तुम्बापोले धरान रनका अध्यक्ष रमु राईलाई प्रदान गरेका थिए । उक्त रकमले नेवा च्यारेटि एजुकेसन फन्डद्वारा अध्यन गरिरहेका विद्यार्थीहरूको सहयोगमा प्रयोग गरीने धरान रनका अध्यक्ष राईले बताएका छन् । यसका साथै धरान ६ पानबारीमा रहेको आसरा सुधार केन्द्रलाई पनि २५ हजार रूपैयाँ सहयोग रकम प्रदान गरीएको छ ।