धरान: नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) सर्बेन्द्र खनालले अपराधिक मनोबृत्ति भएका व्यक्ति तथा विकासको काममा दादागिरी देखाउनेहरु विरुद्ध प्रहरी कठोर बन्ने बताएका छन् ।

आसरा सुधार केन्द्र धरान शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथिकोरुपमा सम्बोधन गर्दै खनालले अपराधिक क्रियाकलापमा संलग्नहरुलाई त्यो बाटो त्यागेर राम्रो कार्यमा लाग्न सुझाब पनि दिए । उनले विकास निर्माणको कामलाई निर्वाधरुपमा सञ्चालन हुन दिन प्रहरी संगठन पनि गम्भीर रहेको बताए । संगठित अपराध, गुण्डागर्दी, समाजमा अशान्ति मच्याउने विरुद्ध प्रहरी कठोर बन्ने उनले बताए । ‘अपराधिक गतिविधि गर्नेसँग प्रहरी राम्रैसँग भिड्छ,’ आइजिपी खनालले भने,‘अपराधिक मनोबृत्ति, अपराधिक गतिविधसँग प्रहरी कठोरतापूर्वक, निर्ममतापूर्वक विवेकपूर्ण ढंगले प्रस्तुत हुन्छ र हुनु पनि पर्छ ।’

संगठित अपराधी, गुण्डागर्दी, लागुऔषध कारोबारीमा लागेर समाज ध्वस्त पार्नेहरुलाई समाजबाट विस्थापित गराउनुपर्ने खनालको भनाई थियो । त्यसको लागि नागरिक र प्रहरीबीच सहकार्य आवश्यक रहेको पनि उनले बताए । ‘संगठित अपराधी, गुण्डागर्दी, लागुऔषध कारोबारीमा लागेर समाज ध्वस्त पार्नेहरुलाई समाजबाट विस्थापित गर्नुपर्छ,’ उनले थपे । विकासको काममा अवरोध पु¥याउने, दादागिरी देखाउनेप्रति प्रहरी संबेदनशिल रहेको उनले बताए । यस्ता विकृति प्रहरी र समाज मिलेर समाजबाट हटाएर विकास निर्माणको काम सञ्चालन गर्ने उनको भनाई थियो । प्रहरी संगठनलाई बदनाम गर्ने प्रहरीलाई पनि ठाउँको ठाउँ कारबाही गर्ने उनले चेतावनी दिए । ‘विगतमा प्रहरीमा के थियो, अब त्यस्तो हुदैन, थाह पाइयो, भेटियो भने ठाउँको ठाउँ प्रहरी कर्मचारीको जागिर जान्छ,’उनले भने,‘अब प्रहरी पारदर्शी रुपमा जवाफदेही ढंगले काम गर्छ, तपाईहरु ढुक्क हुनुस् ।’

अराधिक गतिविधि थाहा पाए नागरिकले प्रहरीलाई सुचना दिनुपर्ने बताउदै सुचना लुकाए अपराध मौलाउनेतर्फ बताए । सुधारको नाममा विभिन्न विकृति विसंगतिहरु रहेको घटनाहरु बाहिर आएकोले जिल्ला प्रशासन र प्रहरीले अनुगमन गरेर नियन्त्रण गर्नुपर्ने पनि उनले बताए । समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी ढंगले अघि बढेको उनको भनाई थियो । सडक सुशासन गर्नको लागि सार्वजनिक सवारी चालकलाई प्रशिक्षण दिने काम भइरहेको बताउदै निद्रा लागेको बेला रिपे्रmस सेन्टरहरु बनाउने कार्य भइरहेको पनि बताए । प्रविधिको विकाससँगै सामाजिक सञ्जालको प्रयोगबाट हुने विकृति न्यूनिकरणको लागि विद्यालयमा प्रशिक्षण दिने अभियान पनि थालिएको उनको भनाई थियो । लागुऔषध ओसारपसार नियन्त्रणको लागि नाकामा बेचविखन नियन्त्रण गर्ने र अबैध रुपमा उत्पादन हुने विक्री वितरण हुने मदिराजन्य पदार्थ रोक्ने काम गरिरहेको बताए ।