भुटाहा : सुनसरीको दक्षिणवर्ती क्षेत्रको रुपमा सबै भन्दा ठुलो बजारको रुपमा रहेको भुटाहा बजार हाल हरिनगर गाउँपालिका वडा नम्बर एक र दुई भुटाहामा सदियौ देखि लाग्दै आएको बजार हुलाकी सडक निर्माण तथा सडक बिस्तार भएको कारणले भुटाहा बजार इदगा अगाडि लागने भएको छ ।

पहिला देखि लाग्दँै आएको भुटाहा बजारमा हुलाकी सडक फराकिलो विकास निर्माण भइरहेकोले बजारको सडकमा खसाएको माटो धुलोले गर्दा बजारमा बस्ने अवस्था समेत नरहेको स्थानीयहरुलाई दैनिक रुपमा चाहिने साग सब्जि, दाल, चामल, लत्ताकपडा लगाएत विभिन्न सरसमानहरु सडकमा खसाएको माटो हावाहुरीको कारणले धुलो नै धुलो भएको समान खादा स्वास्थ्यमा समस्या आउनसक्ने तथा बजारमा ठाउँ समेत अभाव भएकोले मुख्य सडकमा बजार अव्यवस्थित साईकल, मोटरसाईकल, अटा,े म्याजिक बस सबै सडकमै भएको कारणले सुरक्षामा समेत चुनौती रहेकोले बजार व्यवस्थापन गर्नु परेको स्थानीयहरुले बताए ।

हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारीको अध्यक्षता सर्वपक्षिय भेलाबाट बजार व्यवस्थापन गर्र्न ल्याएको ३ वटा प्रस्तावमाथि भेलामा छलफल गरि अहिले वैकल्पिक रुपमा केही दिनको लागि इदगा समितिसँग बजार लगाउनको लागि इदगा अगाडिको जग्गा लिने सबैको सहमति भएको छ । सहमति अनुसार बजार लागि रहेको हाटखोलाको जग्गामा केही मरिक समुदायहरुले सानो घर टहरा बनाएर बसिरहेको छ ।

मरिक समुदायलाई गाउँपालिकाले कुनै एक ठाउँमा जग्गा दिएर बस्ने व्यवस्था मिलाउने भेलाबाट सबैको सुझाव आएको तथा गाउँपालिका अध्यक्षले उनीहरुलाई बसोबास गर्ने घरको लागि जग्गा केही समानहरु उपलब्ध गराउने बताए । मरिक समुदायले बसेको हाटखोलाको जग्गा खालि भएपछि सधैको लागि गुदरी तथा बजार लगाउने व्यवस्थापन गर्ने सर्वपक्षीय भेलाबाट सहमति भएको छ ।

हरिनगरा उद्योग वाणिज्य संघका अध्यक्ष अनरुद प्रसाद गुप्ताले भुटाहा बजार व्यवस्थापन गर्ने व्यापारलाई अगाडि बढाउन आवश्यक रहेको यसलाई दीर्घकालीन ठोस निति लिएर व्यवस्थापन गर्नुपर्ने बताए ।
नेकपा जिल्ला सदस्य लस्करी अन्सारीले भुटाहा विकासमा पछाडि परेकाले अब विकास निर्माण कार्यलाई कसैले जातीय धर्मको नाममा अबरुद्ध गर्न नहुने भुटाहामा सद्भाव भाईचरा कायम गरि अगाडि बढनुपर्न बताए ।

नेकपा केन्द्रीय सदस्य महफुज आलम अन्सारीले भुटाहा बजार गोतमपुर, नरसिंह , बसन्तपुर, हरिनगरा लगायतको ठाउँसंग जोडिएर रहेको बजार हो । यसलाई भुटाहा जक्सनको रुपमा स्थापित गर्ने भुटाहाका भविष्यको बनाउने हामी सबैको जिम्मेवारी हो। भुटाहामा विकास निर्माणका कामहरु अगाडि बढिरहेको छ यसलाई अझै अगाडि बढाउने जिम्मेवारीको साथ कसैले मसजिद, मन्दिर जातीय धर्म नगरेर भुटाहाको नागरिकको हिसाबले नैतिक, समाजिक अधिकार तथा भुटाहाको भविष्यको लागि विकास कार्यलाई अगाडि बढाउन सबैलाई आग्रह गरेको थियो।

गाउँपालिका अध्यक्ष गफार अन्सारीले भुटाहा विकास निर्माणमा अगाडि बढ्न थालेको छ । यसलाई अझै विकास कसरी गर्ने सम्पूर्ण स्थानीय भुटाहाबासीहरुलाई एक जुटभई विकास निर्माण कार्यलाई अगाडि बढाउन सहयोगको आवशकता रहेको बताए ।

सर्वपक्षिय भेलामा जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, भुटाहा प्रहरी चौकी प्रमुख, भुटाहा सशस्त्र प्रहरी बल प्रमुख, संचारकर्मी लगायतको उपस्थित रहेको थियोे ।