धरान: सुख्खा याम शुरु भएसँगै आगलागीका घटनाहरु वृद्धि हुन थालेको छ ।

धरान वडा नं १५ मा आगलागी भएको २ दिन नबित्दै आज धरान ८ स्थित अरुण टोलमा पनि आगलागी भएको छ । अरुण टोलका इन्द्रबहादुर राईको गोठमा आज बिहान आगलागी भएको हो । घरसँगैको गोठमा आगलागी भएको हो । समयमै दमकल पुगेको कारण घरमा भने क्षति हुन पाएन । तर, राईको गोठ पुर्णरुपमा आगोले जलेर क्षति पुगेको प्रहरीले जनाएको छ ।

आगो समयमै नियन्त्रणमा नआएको भए ठुलो क्षति हुने खतरा थियो । राईको घर र गोठसँगै ठुलो वस्ती थियो । आगो घरमा सल्किएको भए बस्ती नै आगलागीको चपेटामा पर्ने खतरा थियो । गोठसँग टासिएको उत्तरपटिको छिमेकी दिलकुमार राईको घरमा भने केही क्षति पुगेको छ । उनको घरको घाडाकुडा, लत्ताकपडा, टिभि,शोकेसलगायतमा क्षति पुगेको छ । ‘दमकल समयमै आएर आगो नियन्त्रण हुन पायो, र घरमा सल्किएन नत्र ठुलो क्षति हुन्थ्यो,’प्रहरी निरीक्षक अशोककुमार जबेगुले भने,‘आगो नियन्त्रणमा छरछिमेकले पनि ठुलो मद्दत गरे ।’

53795374_408277893239913_17


स्थानीयबासीका अनुसार छिमेकीको घरबाट आगो राईको गोठमा सल्किएको अनुमान छ । सेनाबाट अवकाश प्राप्त राईले घरमा पशुपालन पनि गरेका थिए । त्यसैको लागि घर पछाडि गोठ बनाएका थिए । त्यहाँ गाईवस्तुको लागि परालको थुप्रो थियो ।छिमेकीको घरबाट आगोको झिल्को परालमा सल्किएर आगलागी भएको हुनसक्ने प्रहरी निरीक्षक जबेगुले बताए । परालसँगै सुकेका बास, दाउला पनि भएकोले आगो छिटो सल्किएर नियन्त्रणमा लिन निक्कै कठिनाइ भएको थियो । अहिले आगो पुर्णरुपमा नियन्त्रणमा आएको छ भने क्षतिको पुर्ण विवरण आउन बाँकी छ । 

IMG_20190316_091542 IMG_20190316_091243

53930144_873198143011682_44

53726520_264935581111081_33