इनरुवा: घुमुवा प्रहरी हुँ भन्दै बालुवा, गिटीको ट्याक्टर पक्राउ गरी लैजादै गर्दा ट्याक्टर धनी हरिनगर गाउँपालिका २ स्थित कोशी हार्डवेयरका सञ्चालक मोतिम अन्सारीमाथि नै सशस्त्रको घुमुवाले ट्याक्टर गुडाउन खोजेपछि उग्ररुप लिएर कुटाकुट समेत भएको छ ।

घुमुवा हुँ भन्दै सशस्त्र प्रहरीका जवानहरुले अन्सारीको ट्याक्टर पक्रेर लौकही तिर लैजादै गर्दा अन्सारीले ट्याक्टर अघि उभिएर रोक्न खोजेका थिए । घुमुवाले भने ट्याक्टर नरोकी उनीमाथि नै चढाउन खोजेपछि तनाव शुरु भएर कुटाकुटसमेत भएको हो । अन्सारी माथि नै ट्याक्टर चढाउन खोज्दा टाउको, अनुहारतिर चोट लागेको छ । अन्सारीले मोटरसाइकलमा नै बसेर ट्याक्टर रोक्न आग्रह गर्दा मोटरसाइकल माथि नै ट्याक्टर चढाउन खोजेका थिए । जसले गर्दा मोटरसाइकललाई पनि क्षति पुगेको छ ।

sasastra-bhutaha

घटनाबारे अन्सारीले आफ्नो परिवारलाई जानकारी गराएपछि परिवार, आफन्तसँगै स्थानीयबासीहरु घटनास्थल पुगेका थिए । त्यसपछि, घुमुवा र स्थानीयबासी बीच कुटाकुट समेत भएको प्रत्यक्षदर्शी बताउँछन् । ट्याक्टर समाउने ५ वटा घुमुवा थिए । ती मध्ये ४ जना भाग्न सफल भए । स्थानीयले एक जनालाई पक्राउ गरेका थिए । घटनाले उग्ररूप लिएपछि २ नम्बर वडाअध्यक्ष हाजि युनुस अन्सारीले घुमुवालाई जिम्मा लिएर भुटाहा सशस्त्र प्रहरी बललाई बुझाएका थिए ।

घुमुवालाई नियन्त्रण लिएर भुटाहा सशस्त्र प्रहरी बल प्रमुख धिरज गुरुङले घुमुवाले दशगाजा क्षेत्रमा नियन्त्रण लिनुपर्ने तर भुटाहामा पक्राउ गरेर गल्ती गरेको भन्दै विभागीय कार्वाही गर्ने बताए । त्यसपछि जनप्रतिनिधि वडाअध्यक्ष, स्थानीय बासिन्दा, भुटाहा सशस्त्र प्रहरी बलका प्रमुख गुरुङ, भुटाहा प्रहरी चौकीका प्रमुख लगाएका व्यक्तिहरु घटनास्थल पुगेर घटना मुचुल्का गरेका थिए । पक्राउ परेका घुमुवा लौकही सशस्त्र प्रहरी बलका जवान रहेको घुमुवाले स्वीकार गरेपछि लौकिही सशस्त्र प्रहरी बल प्रमुखलाई स्थानीयले जानकारी दिएका थए । घुमुवालाई सशस्त्र प्रहरी बल भुटाहाले नियन्त्रण राखे छ।

20190316_134508