धरान:धरानमा ‘चौथो पुरुष तथा प्रथम महिला हराईजन खुल्ला आमन्त्रण बास्केटबल प्रतियोगिता’ आजदेखि शुरु भएको छ ।

धरान १७ स्थित हराइजन क्लबको आयोजनामा शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा पुरुषतर्फ आयोजक हराइजन ‘बी’ले विजयी शुरुवात गरेको छ । आयोजकले धरान–८ को यलम्बर बास्केटल टिमलाई ४८–४० को स्कोरले हराउदै हराइजन ‘बी’ले विजयी शुरुवात गरेको हो । खेलको म्यान अफ दि म्याच हराइजन बी का कविन मगर घोषित भए । धरान–१७ को हाम्रो स्कुलको बास्केटबल कोर्टमा भएको प्रतियोगितामा हराइजनले प्रत्येक क्वाटरमा १३–६–२१–८ को स्कोर बटुलेको थियो भने यलम्बरले प्रत्येक क्वाटरमा १४–७–९–१० स्कोर गरेको थियो ।

S7700024

‘स्वास्थ्यको लागि खेलकुद, शिक्षाको लागि खुलकुद’ भन्ने मुल नाराका साथ धरान–१७ स्थित हराइजन क्लवले आयोजना गरेको प्रतियोगिताको उद्घाटन धरान नगर खेलकुद विकास समितिका अध्यक्ष सुबास राईले गरेका थिए । उद्घाटनको कार्यक्रमलाई सम्बोधन गदै अध्यक्ष राईले धरानको खुलकुदको विकासको लागि नगर खेलकुद विकास समितिले विभिन्न गतिविधिहरु गरिरहेको बताए । उनले आगामी असोजमा नेपालमा पहिलो पटक नगरपालिकास्तरीय बास्केटबल प्रतियोगिताको आयोजना गर्न लागेको बताए । उक्त प्रतियोगिताको लागि उपमहानगरले १५ लाख रुपैयाँ बजेटको तयारीमा रहेको सुनाए । चैत्र ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सुनसरी, झापा, मोरङ, धनकुटाका १४ पुरुष र ६ वटा महिला टिमको सहभागीता रहेको क्लवका अध्यक्ष बसन्त राईले बताए ।

S7700015

कार्यक्रममा नेपाल बास्केटलबल संघका केन्द्रीय उपाध्यक्ष तथा धरान बास्केटबल संघका अध्यक्ष सुरज लामा, जिल्ला बास्केटबल संघ सुनसरीका अध्यक्ष नारायण सुबेदीलगायतको उपस्थिती रहेको थियो । कार्यक्रमम विभिन्न व्याक्तित्वहरुलाई दोसल्ला तथा सम्मान गरिएको थियो । प्रतियोगिताको पुरषतर्फको विजेताले नगद ३५ हजार र उपविजेताले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यसैगरी, महिलातर्फको विजेताले नगद १५ हजार र उपविजेताले नगद १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै, प्रत्येक खेलको म्यान अफ दि म्याचलाई मायाको चिनो प्रदान गर्दा पुरुषतर्फका मोस्ट भ्याल्लुयवल प्लेयर र रुकि प्लेयरलाई क्रमसः नगद १० हजार र नगद ५ हजार रुपैयाँ प्रदान गरिने छ । यता महिलातर्फका मोस्ट भ्याल्लुयवल प्लेयर र रुकि प्लेयरलाई नगद ३ हजार र नगद १५ सय रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।