धरान(डेस्क) : प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न कार्यक्रममा सहभागी हुनु आज मोरङ र सुनसरी आउँदैछ ।


प्रधानमन्त्री ओलीले आज दिनभर कृषि बजारको उद्घाटन देखि लिएर बर्जु तालको निरीक्षण गर्ने कार्यक्रम तय भएको छ । बिहान साढे ११ बजे मोरङको कटारी नगरपालिकामा निर्माण गरिएको कृषि बजारको उनले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
यसैगरी दिउँसो साढे १२ बजे विराटनगरमा नेपाल कम्यूनिष्ट पार्टी नेकपाको प्रदेश नम्बर १ का सदस्यहरुलाई सपथ गराउनुहुने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले अपरान्ह बर्जु गाउँपालिकाको बर्जु तालको निरीक्षण र स्थानीय सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।