धरान(डेस्क) : ईलाममा जारी पाँचौ संस्करणको माईभ्याली गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज झापाको मेची नेत्रालय ट्रेनिङ सेन्टर र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

खेल इलामको टुँडिखेलमा अपराह्न सवा ३ बजे सुरु हुनेछ । राष्ट्रिय स्तरका फुटबलमा प्रभावशाली खेल पस्कँदै आएका थ्री स्टारलाई पराजित गर्दै हिमालयन र आर्मीलाई पराजित गर्दै मेची सेमिफाइनल पुगेका हुन् ।

आजको विजेताले उपाधिका लागि क्यामरुनी टोली दाउफिन्ससँग प्रतिस्पर्धा गर्नेछ । दाउफिन्स हिजो भएको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो । ईलाम गोल्डकपको विजेताले ७ तथा उपविजेताले ४ लाख रुपैयाँ हात पार्नेछन् ।