विर्तामोड: झापाको काँकरभिट्टास्थित भानु स्पोर्टिङ्ग क्लवको अध्यक्षमा विशाल मोक्तान(भान्जा) सर्वसम्मत चयन भएका छन् ।

काँकरभिट्टा बहुमुखी क्याम्पस परिसरमा शनिबार सम्पन्न क्लवको बैठकले आगामी ३ वर्षे कार्यकालका लागि अध्यक्षमा उनलाई चयन गरेको हो । १३ सदस्यीय क्लवको उपाध्यक्षद्वयमा गणेश कटुवाल र सन्ध्या आङ्देम्बे, सचिवमा चिरञ्जीवि सुब्बा, सहसचिवमा नैना राई र कोषाध्यक्षमा दिपेश गुरुङ छन् ।

त्यस्तै, सदस्यहरुमा आकाश लिम्बू, रिङ्कु गुरुङ, समिर गुरुङ, सुरेन थापा मगर, सञ्जय राई, बिजु सरकार र सागर मगर छन् ।यसैबीच, क्लवको बैठकले मिर्गौला पीडित मेचीनगर–७ का सन्तोष तामाङको उपचार सहयोगका लागि अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । सचिव सुब्बाका अनुसार क्लवको अगुवाईबाट सङ्कलन हुने आर्थिक सहयोग ‘सन्तोष तामाङ बचाउ अभियान’लाई हस्तान्तरण गरिनेछ । क्लवले मिर्गौला पीडित सन्तोषका बुवा कर्णबहादुर तामाङलाई ५ हजार रुपैयाँ प्रदान गरेको छ । उक्त सहयोग रकम यु.एस.मा पुर्नवास भएका भुटानी शरणार्थी उर्गेन वाङ्चुकले पठाएका अध्यक्ष मोक्तानले बताए ।