धरान: धरानको चर्चित एवं प्रमुख पर्यटकीयस्थल हो बगरकोट । यहाँ साँझमा रमाउन जानेहरुको घुँइचो हुन्छ । पछिल्लो समय लाउञ्ज एण्ड बार खुलेपछि साँझ बगरकोट गीत,संंगीतले गुञ्जायमान हुन्छ । यही बगरकोटमा अब रमाउन मात्र होइन, पर्यटकहरुलाई सुविधाको लागि लजको पनि व्यवस्था भएको छ ।

बगरकोटस्थित एमएच होटल एण्ड बिबिक्यू हाउसले रेष्टुरेन्ट आइतबारदेखि लज सञ्चालनमा ल्याएको हो । करिब ३० लाख लागतमा सुविधा सम्पन्न चार वटा किङ साइज बेडसहितको लज सञ्चालनमा ल्याएको हो । आइतबार एक कार्यक्रमबीच लजको धरानको वडा नं १५ का वडाध्यक्ष नरेश इवारमले उद्घाटन गरेका थिए । रेष्टुरेन्टमा आउने ग्राहकको समस्या बुझेर थप सुविधा दिन लज सञ्चालनमा ल्याइएको सञ्चालक जिवन मेन्याङबोले बताए । ‘रेष्टुरेन्टमा आउने ग्राहकहरु राती अबेरसम्म रमाउछन्, कोही यही बस्ने व्यवस्था भए हुन्थ्यो भन्नुहुन्छ । त्यसैलाई ध्यान दिएर लज पनि सञ्चालनमा ल्याएको हो,’उनले भने । एक सातासम्म ३० प्रतिशत छुट रहेको उनले बताए ।

IMG_2633

तोङबा,सेकुवा र कान जिब्रोले मात्र नभएर समय अनुसार सेवा सुविधा थप्दै लगिने उनको भनाई थियो । वडाध्यक्ष इवारमले बगरकोटका रेष्टुरेन्टहरुले लजको समेत सुविधा दिनु राम्रो कार्यको थालनी रहेको बताए । ग्राहक चाहाना अनुसार घर जान चाहनेको लागि घरसम्म पु¥याउनका लागि गाडीको पनि व्यावस्था गर्न उनले सुझाव दिए । ‘बस्ने चाहने ग्राहकको लागि बस्ने व्यवस्था त भयो, अब घर जान चाहनेको लागि पु¥याउनको लागि गाडीको पनि व्यावस्था गर्नुपर्छ,’अध्यक्ष इवारमले भने । समय अनुसार सुविधा थप गदै लानुपर्नेमा अध्यक्ष इवारमले जोडदिए ।

IMG_2640

एमएच २०६३ सालदेखि सञ्चालनमा आएको हो । एमएचमा हाल २३ जनाले रोजगारी पाइरहेका छन् । एमएचलाई केही महिना अघि मात्र लउञ्ज एण्ड बारको रुपमा स्तरोन्ती गरिएको थियो । अहिलेसम्म १ करोड ७० लाखको हाराहारीमा लगानी भएको सञ्चालकले बताएका छन् । कार्यक्रममा महिला सञ्जाल धरानकी अध्यक्ष सबिता राई, वमन्स वर्थ ग्रुपकी कोषाध्यक्ष रोजी ताम्राकार, डिजे स्याडो, नेपाल बास्केटबल संघका केन्द्रीय अध्यक्ष सुरज लामालगायतको उपस्थिति रहेको थियो ।

IMG_2641