विर्तामोड : झापाको अर्जुनधारा नगरपालिका वडा नं. १ मा ७ दिवशिय व्यवसायिक फुल, मेवा तथा कागती खेती सम्वन्धि तालिम सम्पन्न भएको छ ।

अर्जुनधारा नगरपालिका वडा नं. १ बाट उद्यमशिलता विकास तालिमबाट छनौट भएका विपन्न समुदायका ९ जना कृषकहरुलाई तालिम दिइएको हो । अर्जुनधारा नगरपालिकाकै समन्वयमा घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरले हलुवागढ सामुदायिक वनको सभाहलमा तालिम सञ्चालन गरेको थियो । फागुन २७ गते देखि चौत्र ३ गते सम्म सञ्चालन भएको तालिम झापा मेचिनगर नगरपालिका स्थित धुलाबारीमा फुल, मेवा तथा कागती साथै नर्सरी व्यवसाय सञ्चालन गरिरहेका सफल व्यवसायी डिल्लिराज उप्रेतीले प्रदान गरेका थिए ।

झापा जिल्लामा सफल कृर्षि ब्यवसायीहरुको संख्या सानो छ । जो जुन विषयमा राम्रो ज्ञान हाँसिल गरेको छ अर्थात सफल छ, त्यही कृषक वाट घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरले सञ्चालन गरेको ब्यवसायिक फुल, मेवा तथा कागती खेती सम्बन्धी सिपमुलक तालिमले नयाँ सन्देश दिएको छ । एक सफल उद्यमीलाई नै प्रशिक्षकको रुपमा उभ्याउदै ब्यवहारिक अनुभवका साथ सैदान्तिक तालिम प्रदान गरिएको थियो । जसले अव कृषि विकासका लागि राज्यले प्रत्यक्ष सहभागिता जनाएको ढोल पिट्नु छ भने विषयगत ब्यवहारिक ज्ञान हाँसिल गरेका सफल उद्यमीहरुको सहयोग लिन आवश्यक छ । सहभागिहरुमा आफ्नै दृष्टान्त दिदै उप्रेतीले सञ्चालन गरेको तालिम झापामा उदाहरणीय वनेको छ ।