धरान: प्रविधिको विकास भएसँगै अनलाइनमा व्यापारको चलन बढ्दो छ ।

मुख्य शहर बजारमा उपभोक्ताहरु पनि अनलाइन सपिङको क्रेज बढ्दै छ । आफुलाई मनपरेको सामान अनलाइनमार्फत अर्डर गरेपछि घरैमा उपलब्ध गराइन्छ । धरानमा अर्को अनलाईन सपिङ सेवा शुरुवात भएको छ । स्पोर्टस्का कपडा, जुत्तालगायत अनलाइन अर्डर गर्न सकिने भएको छ । बास्केटबलका पूर्वाञ्चल प्रशिक्षक नविन राई र बास्केटबल खेलाडी जोन राईले ‘धरान अनलाइन स्पोर्टस्’ नामको अनलाइन सपिङ सेन्टर सञ्चालनमा ल्याएका छन् ।

अनलाइन सपिङ सेन्टरको आइतबार औपचारिकरुपमा शुरुवात भएको जानकारी गराइएको थियो । सो क्रममा बास्केटबल संघका केन्द्रीय उपाध्यक्ष एबंम धरान बास्केटबल संघका अध्यक्ष सुरज लामा, पूर्वाञ्चलन बास्केटबल प्रशिक्षक विकास चाम्लिङ, धरान–१५ बगरकोटका एमएच होटल बिबिक्यू हाउसका प्रोपाइटर जिवन मेन्याङबोले जुत्ता शो गर्दे अनलाइन सपिङको औपचारिक शुरुवात गरेका थिए । अनलाइन सप भने धरान १८ मा रहेको छ । अनलाइन अर्डर गरेपछि उपभोक्ताहरुलाई घरैमा सामान उपलब्ध गराउने सञ्चालक नविन राईले बताए । अनलाइन सपिङमा बास्केटबलको जर्सी, जुक्ता, हाफ पेन्टलगायत विदेशबाट आयात गरिएको ब्राण्डेड सामान उपलब्ध गराउने उनले बताए ।