इटहरी: इटहरीमा आज बिहान दुईपक्षबीच झडप भएको छ ।

ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक बुद्धिराम चौलागाईँका अनुसार जनता माविका विद्यार्थी दुईपक्ष बीच झडप भएको हो । ‘ब्यक्तिगत रिसिबीका कारण झगडा भएको हो, ग्याङ फाइट नै चैँ होइन,’ उनले टेलिफोन सम्पर्कमा भने, ‘के कारणले हो भन्ने बिषयमा अझै पूरै खुलिसकेको छैन, १७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ ।’ 

कक्षा ११, १२ का मात्रै नभएर ९, १० का विद्यार्थीहरु पनि झगडामा समाबेश भएको प्रहरी निरीक्षक चौलागाईले जानकारी दिए । हिजो सामान्य विवाद भएको र आज दुवै पक्षले बाहिरका मानिस बोलाएर हतियारसमेत प्रयोग गरेको प्रहरी निरीक्षक चौलागाईँले जानकारी दिए । उनले भने, ‘बाहिरको मानिस बोलाएर झगडा गर्ने मनसाय रहेछ । हामीले दाउरा काट्ने दाउ, घरमा प्रयोग हुने खुकुरी बरामद गरेका छौँ ।’