सप्तरी: सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठगन्धनले आफ्नो पार्टीको नाम परिवर्तन गरेको छ भने विवादस्पद स्वतन्त्र मधेश र जनमत संग्रहको मुद्दा पनि परित्याग गरेको छ ।

गठबन्धनको लाहनामा जारी राष्ट्रिय परिषद बैठकले पार्टीको नाम जनमत पार्टी राख्ने निर्णय गरेको छ । लहानाको माडवारी सेवा सदनमा आइतबारदेखि बैठक जारी छ । बैठकले गठबन्धनको नाम ‘जनमत पाटी’ राख्ने निर्णय गरेको परिषद् सदस्य सुदीपराज कुशवाहले बताए । यस्तै, झण्डा पनि फर्ने निर्णय गरेको उनले बताए ।

गठबन्धनको झण्डा रातो, सेतो, हरियो रंगमिश्रित ठाडो धर्के रहने बताइएको छ। झण्डाको बीच भागमा रातो रंगको अष्टकोणको संकेत रहने छ । बताइएको छ। यस्तै पार्टीको लोगो पनि तय गरेको गठबन्धनले जनाएको छ। राउतले स्वतन्त्र मधेसको नारा र नामसँगै यसअघि उठाउँदै आएको जनमत संग्रहको मुद्दा पनि छाडेको छ । बैठकले जनताको हक र अधिकारका लागि संघर्ष गर्न भन्दै नेपालको संविधानभित्रै रहेर पार्टी स्थापना गरी अघि बढ्ने निर्णय गरेको छ ।

स्वतन्त्र मधेस गठबन्धन र नेपाल सरकारबीच ११ बुँदे सहमति भएको थियो । सहमतिको मुख्य दोस्रो बुँदाको बिषयमा विवाद चर्किएको थियो । ती सबै विवादलाई निरुपण गर्दै राउतको गठबन्धनले सहमतिलाई कार्यान्वयनमा ल्याउँने निर्णय गरेको छ । यस्तै, गठबन्धनका समर्थकहरुमाथि लगाइएका मुद्दाहरु अबिलम्ब फिर्ता लिनका लागि छिटो पहल गर्ने निर्णय पनि गरेको छ । सहमति कार्यान्वनको लागि चन्दन सिंहको संयोजकत्वमा तीन सदस्यीय समिति पनि गठन गरिएको छ ।