विर्तामोड : मेचीनगर–८ इटाभट्टामा सञ्चालित आदर्श डोजोले आइतबार खेलाडीसहित विभिन्न व्यक्ति एवं संघ संस्थालाई सम्मान गरेको छ ।

३ वर्षयता कराते खेलको नियमित प्रशिक्षण गराउँदै आएको उक्त डोजोले स्थानीय आदर्श मावि परिसरमा सम्मान कार्यक्रम आयोजना गरेको हो । 
सम्मानित हुने खेलाडीहरुमा उक्त डोजोका रोशन श्रेष्ठ, ज्ञानबहादुर विक र प्रेम तामाङ छन् । उनीहरुले गत फागुनमा रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न ‘प्रथम अन्तरराष्ट्रिय कराते च्याम्पियनशिप’मा रजत र कास्य पदक जितेका थिए । 
सम्मान गरिएका उक्त डोजोका अन्य खेलाडीहरुमा गंगा राजवंशी, सुशील विक, रञ्जीत राजवंशी, विशाल पौडेल, अनिषा श्रेष्ठ, जानवी रञ्जीतकार, निलम राई र दृष्टि खड्का छन् ।

कराते खेलसंगै सेपाक ताक्रो खेल विधामा समेत प्रशिक्षण गर्दै आएका उनीहरुले गत फागुनमा सुनसरीमा सम्पन्न सेपाक ताक्रोको प्रदेशस्तरीय प्रतियोगितामा स्वर्ण पदक हात पारेका थिए ।
प्रदेशस्तरीय सो प्रतियोगिताबाट छनोट भएका उनीहरुले आसन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिष्पर्धा गर्नेछन् ।
कार्यक्रममा सम्मान गरिएका खेलाडीहरु मेचीनगर–८ स्थित आदर्श मावि र मेचीनगर–१० स्थित इष्ट होराइजन अङ्ग्रेजी आवाशिय माविमा अध्ययनरत् छन् ।

सो अवसरमा मेचीनगर–८ नम्बर वडा कार्यालय, आदर्श मावि, मेचीनगर करातेका संस्थापक प्रशिक्षक अर्जुन लम्साल, खेलप्रेमी युवा फुर्वा लामा र करातेका राष्ट्रिय खेलाडी मनबहादुर धिमाललाई सम्मान गरिएको छ ।
उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति अध्यक्ष शंकर थापा, विशेष अतिथि मेचीनगर–८ नम्बर वडा अध्यक्ष विकेन्द्र धिमाल, वडा सदस्यहरु सन्तोष मेचे, गंगाप्रसाद पाठक, खिला मेचे, विष्णुमाया बराइली, कराते वरिष्ठ प्रशिक्षक मदन उप्रेती, कराते जिल्ला प्राविधिक कमिटी अध्यक्ष कृष्ण बस्नेत, इष्ट होराइजन अङ्ग्रेजी आवाशिय मावि प्रिन्सिपल सञ्जीव राई, आदर्श मावि प्रधानाध्यापक हेमकुमार खड्का, विद्यालय व्यवस्थापन समिति अध्यक्ष अर्जुन पोखरेल, शारीरिक सुगठनका राष्ट्रिय खेलाडी लक्ष्मी धिमाललगायतले सम्मान गरेका हुन् । 
त्यसक्रममा मेचीनगर–८ नम्बर वडा कार्यालयले डोजोलाई आवश्यक ३० हजार रुपैयाँ मूल्य बराबरका करातेका विभिन्न खेल सामग्री हस्तान्तरण गरेको थियो । 
आयोजक डोजोका प्रशिक्षक मुक्ति काफ्लेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा स्वागत डोजो अध्यक्ष तथा प्रशिक्षक राजु शिवाकोटी र सञ्चालन डोजोमा अभ्यासरत् खेलाडी उषा लिम्बूले गरेकी थिइन् ।