धरान: चौथो पुरुष तथा प्रथम महिला हराइजन खुल्ला आमन्त्रण बास्केटबल प्रतियोगितामा महिलातर्फ सीसीटी हात्तिसार विजयी भएको छ ।

हात्तिसारले प्रतिस्पर्धी हराइजन क्लब ए लाई १५–६ स्कोरले हरायो । खेलमा हात्तिसारले हरेक क्वार्टरमा २, ३, ६ र ४ स्कोर गरेको थियो भने हराइजनले २, २, ० र २ स्कोर गरेको थियो । सो खेलमा हराइजनका खुशी लिम्बू म्यान अफ द म्याच भइन् । यसैगरि आज सोमबार नै भएको पुरुष तर्पmको खेलमा अण्डर डग, धरान र सेन्ट जोसेफ धरान विजयी भएको छ । अण्डर डगले सप्तरङ्गी बास्केटबल धरानलाई ४०–५० अङ्कले पराजित गरेको हो । सो खेलमा म्यान अफ द म्याच सप्तरङ्गी क्लब धरानका विधान राई भएका थिए ।

यसैगरि सेन्ट जोसेफले धनकुटा बास्केटबल क्लब, धनकुटालाई २०–४७ अंकले पराजित गर्यो । सो खेलमा सेन्ट जोसेफका निशान तामाङ म्यान अफ द म्याच भएका थिए । हराइजन क्लब धरान १७ को आयोजनामा प्रतियोगिता श्री मावि धरान–१७ को बास्केटबल कोर्टमा भइरहेको छ । प्रतियोगिताको प्रायोजकमा धरान–१७ समाज हङकङ र नेपाल टर्की समाज उपसमिति अंकरा सह–प्रायोजक रहेका छन् ।