झापाः झापाको भद्रपुर–१० मा रहेको चन्द्रगढी सामुदायिक वनमा भिषण आगलागी भएको छ । राति करिब साडे सात बजेबाट लागेको आगो वनको १० विघा क्षेत्रफलमा फैलिएको थियो ।

आगो करिब ३ घण्टापछि मात्र नियन्त्रणमा लिन सकिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अचानक फैलिएको आगो हावाहुरी चलिरहेकाले आगो नियन्त्रणमा निक्कै समस्या भएको थियो । हावाहुरी चलेको र आगोले ठुलो रुप लिएकाले दमकलको सहायतामा पनि आगो तत्काल नियन्त्रणमा ल्याउन समस्या भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगो नियन्त्रणका लागि सयौं स्थानीय बासिन्दा पनि जुटेका थिए भने नेपाली सेना पनि खटिएको थियो ।आगालागिबाट भएको क्षतिको बिबरण भने अहिलेसम्म प्राप्त भएको छैन ।