ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “भारतीयलाई नागरिकता” शीर्षकको समाचार छापिएको छ । भारतीय नागरिक अनुपचन्द अग्रवालले मोरङको रङ्गेलीबाट नागरिकता लिएको फेला परेपछि भारतीय प्राध्यापक मुकेशकुमार सिंहले लेखेको भारतको ‘नेपाल र चीन नीति’ सम्बन्धी पुस्तकमा गरिएको दाबी थप प्रमाणित भएको छ । प्राध्यापक सिंहले सन् २००६ मा लेखेको भारतको ‘नेपाल र चीन नीति’ सम्बन्धी पुस्तकमा नेपालमा ४० लाख भारतीयले नागकिता लिन सफल भएको उल्लेख गरेको थियो । उक्त दाबीलाई प्रमाणीत गर्ने गरी अग्रवालले भारत र नेपालबाट दोहोरो नागरिकता लिएको फेला परेको हो । यसले नेपालका प्रशासनिक तहमा भएको नितिगत भ्रष्टाचारलाई पनि उदाङ्गो पारेको छ । कुनै पनि विदेशी नागरिकले जन्मको आधारमा अर्को देशको नागरिकता लिएमा सम्बन्धित देशको नागरिकता परित्याग गरेको हुनुपर्ने व्यव्स्था छ ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “स्थानीय तहलाई विधुत् कम्पनीले टेरेनन्” शीर्षकको समाचार छापिएको छ । पाँचथर जिल्लामा निमाणाधीन र निर्माण सामग्री प्रयोगवापतको राजस्व तिर्न अझै आलटाल गरिरहेका छन् । निर्माणको क्रममा प्रयोग गरेको ढुंगा, गिटी, बालुवावापत बुझाउनुपर्ने राजस्व प्रवद्र्धक कम्पनीले नबुझाएका हुन् । अघिल्लो आर्थिक वर्षसम्म जिल्ला समन्वय समितिमा राजस्व बुझाउनुपर्ने थियो । चालु आर्थिक वर्षदेखि स्थानीय निर्माण जन्य सामाग्री प्रयोग गरेवापत बुझाउनुपर्ने राजस्व आलटाल गरेका हुन् । गत वर्ष जिससले पटक–पटक पत्राचार गरेपनि अटेर गरेर बसेका थिए । स्थानीय तहहरुले आफुले उठाउनु पर्ने राजस्व उठाउनतर्फ ध्यान दिएको पाइदैन । जनतालाई चर्को कर लगाएका स्थानीय तहले जलविधुत आयोजनाबाट उठनुपर्ने राजस्व उठाउनका लागि समेत ध्यान दिएको पाइदैन ।

उद्घोष : आजको उद्घोष दैनिकमा “यसरी घोषणा हुन्छ राजधानी र नाम” शीर्षकको समाचार छापिएको छ । प्रदेश १ को प्रदेशसभा नियमावली संशोधन गर्न गठित समितिले तयार पारेको नियमावलीको संशोधन प्रतिवेदन आइतबार प्रदेशसभामा पेश गरिएको छ । मुल नियमावलीका ३०२ वटा नियम मध्ये ४५ वटा खारेज, २ वटालाई स्थानान्तरण तथा प्रस्तावना र नाममा संशाधन पेश गरिएको हो । नियमावली संशोधन मस्यौदा समितिका संयोजक तुलसीप्रसाद न्यौपानेले प्रतिवेदनलाई सर्वसम्मत रुपमा प्रदेशसभा बैठकमा पेश गरेका हुन् । उनले समितिको १० पटकको बैठकमा छलफल गरी नियमावली संशोधन गरीएको हो । प्रतिवेदनमा राजधानी र नामाकरणसहित मन्त्रीहरुसंगको प्रश्नोत्तर, प्रदेश लोकसेवा आयोगका पदाधिकारी विरुद्धको प्रस्ताव जस्ता विस्तृत क्षेत्रका विषय पनि नियमावलीको उपनियममा समेटिएका हुन् ।

मर्निङ टाइम्स : आजको मर्निङ टाइम्स दैनिकमा “सडक निर्माणमा अघि बढ्दै विजयपुर” शीर्षकको समाचार छापिएको छ । स्थानीय सरकार, प्रतिनिधी आएसंगै धरान उपमहानगरपालिकाको चौतर्फी विकासको क्रम बढ्दै गएको छ । त्यस्तै धरान उपमहानगरपालिका अन्र्तगतकै नमुना वडाको रुपमा रहेको १४ नं. वडाले धेरै लामो अन्तराल पश्चात वडामा करिब ६०० मिटर बराबरको कालोपत्रे बाटोको निर्माण क्रमलाई अघि बढाएको छ । बूढासुब्बा मन्दिरदेखि पिण्डेश्वर मन्दिर जाने एक ऐतिहासिक बाटोमा कालोपत्रे निर्माण गरिएको हो ।