धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर डा.गुरु खनालले निमित्त उपकुलपतिको कार्यभार सम्हालेका छन् ।

सहकुलपतिसमेत रहेका उपप्रधानमन्त्री, स्वास्थय तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले निमित्त उपकुलपति भई कामकाज गर्नु भनि दिएको पत्रको आधारमा रेक्टर खनालले आजदेखि निमित्त उपकुलपतिको पनि कार्यभार सम्हालेका हुन् । उनलाई हिजो सोमबार मन्त्री यादवले निमित्त उपकुलपतिको पत्र दिएका थिए । हिजै सर्वोच्च अदालतले पदबाट हटाइएका उपकुलपति डा.राजकुमार रौनियारको रिट निवेदनमा स्टे अर्डर दिएको थियो । उक्त आदेशपछि उपकुलपति को हो भन्ने अन्योलकाबीच आज रेक्टर खनालले निमित्त उपकुलपतिको जिम्मेवारी सम्हालेका हुन् ।

रेक्टर खनालले निमित्त उपकुलपतिको हैसियतमा जिम्मेवारी सम्हालेपछि आजै प्रतिष्ठानका चिकित्सक एवं कर्मचारीहरुको तलब निकासा गरेका छन् । मन्त्रीको निर्देशनमा उपकुलपति रौनियारको पनि अधिकार कटौती भएको थियो । जसले गर्दा उनले फागुनको तलब खुवाउन पाएका थिएनन् । ‘मैले आजै निमित्त उपकुलपतिको जिम्मेवारी सम्हालेको छुँ, तलब निकासा गर्ने प्रक्रिया भइसक्यो,’डा.खनालले भने,‘पत्रमा मलाई दिएको जिम्मेवारी अनुसार काम शुरु गरेको छुँ ।’

के छ पत्रमा ?

सहकुलपति एवं स्वास्थ्यमन्त्री यादवले रेक्टर खनाललाई पतिष्ठानको नियमावली २०५५ को नियम ५ ख १. तथा ४२ औं सिनेट बैठको निर्णय नं ३३४ समेतको आधारमा अर्को व्यवस्था नभएसम्मको लागि निमित्त उपकुलपति तोकिएको पत्रमा उल्लेख छ । साथै निमित्त उपकुलपतिको हैसियतले प्रचलन ऐन कानुन समेतको आधरमा प्रतिष्ठानको दैनिक आर्थिक एवं प्रशासनिक कामकाज गर्नु गराउनु भन्ने पनि उल्लेख छ ।

vc-letter

रौनियार पनि आजै प्रतिष्ठान आउदै

vc-&-rector1

सर्वोच्च अदालतले स्डे अर्डर दिएपछि उपकुलतिबाट बर्खास्तमा परेका डा.राजकुमार रौनियार पनि आजै प्रतिष्ठान आउदैछन् । उनलाई स्वागत गर्न उनी पक्षका कर्मचारीहरु विराटनगर एयरपोर्ट लिन जाने तर्खरमा छन् भने प्रतिष्ठानमा पनि स्वागत गर्न तयारी अवस्थामा बसेका छन् ।

सोमबार सर्वोच्च अदालतका न्यायाधिक प्रकाशमानसिंह राउतको इजलाशले रौनियारलाई पदबाट हटाउने निर्णय यथास्थितिमा राख्दै हटाउनु पर्ने कारणसहित छलफलमा आउन कुलपति तथा प्रधानमन्त्री कार्यालयको नाममा आदेश जारी भएको थियो । रौनियारले यो आदेशलाई आफ्नो जितकोरुपमा अथ्र्याएका छन्, र आफु नै उपकुलपति भएको दाबी गरेका छन्् । उनी आज अदालातको पत्र लिएर प्रतिष्ठान आउदैछन् ।

रेक्टर तथा निमित्त उपकुलपति डा.खनाल अदालतको आदेश सबैलाई मान्य हुने बताउदै रौनियारले पत्र ल्याएर आएमा उहाँलाई स्वागत गर्न आफुहरु तयार भएको प्रतिक्रिया दिए । ‘मैले निमित्तको जिम्मेवारी पाएको हो, अदालतबाट स्टे अर्डर आएको हो भने पत्र लिएर आउनुहोला, त्यस अनुसार हामी उहाँलाई नै स्वागत गर्न तयार छौ, कुनै समस्या छैन,’डा.खनालले भने ।