धरान: उद्योगपति अम्बानी दाजुभाई भारतमा मात्र होइन, विश्वमा चर्चित नाम हुन् । दाजु मुकेश र अनिल अम्बानीबीच पछिल्ला बर्षहरुमा सुमधुर सम्बन्ध थिएन । उनीहरुबीच पारिवारिक कलहसँगै व्यापारिक कलहको बिउ रोपिएको थियो ।

तर, नेपाली गीत जति रुवाओस्, धरधरी रुवाओस्, आफ्नो मान्छे आफ्नै हुन्छ भन्ने गीत झै अम्बानी दाजुभाईले सावित गरिदिएका छन् । खास गरी दाजु मुकेशले आफ्ना भाई अनिलको ऋण तिरिदिएर आफु दाजु भएको सावित गरिदिएका छन् । मुकेश अम्वानीले आफ्ना भाइ अनिलको ऋण तिरिदिएर जेल जानबाट जोगाएका छन् । रिलायन्स कम्युनिकेसनका अध्यक्ष अनिलले अदालतको आदेश वमोजिम तिर्नुपर्ने ७.७ करोड डलर ऋण तिर्न सकेका थिएनन् । यसले गर्दा उनी जेल जाने स्थिति आएको थियो । तर, दाजु मुकेशले उक्त ऋण तिरिदिएर भाई अनिललाई जेल जानबाट जोगाए ।

आफुलाई कठिन परिस्थितिमा सहयोग गरेको भन्दै अनिलले दाई मुकेश र भाउजु नितीलाई धन्यवाद दिएका छन् । कठिन समयमा परिवारको साथ पाएको भन्दै अनिलले आफ्नो परिवारको आर्दश प्रस्तुत भएको पनि बताएका छन् । उनले भनेका छन्, 'कठिन समयमा मलाई परिवारको साथ प्राप्त भयो। यसले हाम्रो परिवारको आदर्शलाई देखाउँछ। जुन समय मलाई परिवारको सवैभन्दा बढी सहयोग आवश्यक थियो मेरो परिवार म सँगै खडा भयो।’

एक समय दुवै भाइहरुको सम्वन्ध राम्रो थिएन । दुवैले एकअर्कालाई प्रतिस्पर्धी मान्ने गरेका थिए । भारतको सुप्रीम कोर्टले चार हप्ता भित्र एरिक्सनको पैसा नतिरे अनिल अम्वानी र उनका दुई सहयोगी तीन महिनाको लागि जेल जानुपर्ने भनेको थियो । सन् २००८ मा अनिल अम्वानी रिलायन्स कम्युनिकेसनका साथ विश्वका आठ अनी व्यक्तिमा रहेका थिए भने भारतका दस्रो उद्योगपति हुन् ।