धरान :  नेपाल बिज्ञापन संघ (आन) को प्रदेश १ नम्बर कमिटिको संयोजकमा इटहरी स्थित पाथिभरा एडभरटाइजिंग प्रालिका प्रमुख पवन अधिकारीलाई तोकिएको छ ।

नेपाल बिज्ञापन संघ (आन)का केन्द्रिय अध्यक्ष सहितका पदाधिकारी एवम १ नम्बर प्रदेशका बिज्ञापन ब्यावसायिहरुको इटहरीमा भएको भेलाले अधिकारीलाइ १ नम्बर प्रदेशको संयोजक तोकिएको संघले जनाएको छ । संघको(आन) केन्द्रिय बैठकको निर्णय अनुसारनै भेलाबाट अधिकारीलाइ संयोजक तोकिएको जनाइएको छ ।
भेलाले आगामी पौषमा बस्ने बिज्ञापन संघको साधारण सभा पछि थप पदाधिकारीहरु सहितको कार्यसमिति तयार गर्ने गरि अधिकारीलाइ संयोजक तोकिएको नेपाल बिज्ञापन संघका केन्द्रिय अध्यक्ष रबिन्द्र कुमार रिजालले बताए । बिज्ञापन संघले प्रादेशीक संरचना अनुसार १ नम्बर प्रदेशबाट काम सुरु गरिएको बताए । बिज्ञापन संघका सदस्य संतोष खडकाले १ नम्बर पादेशबाट सुरु भएको अभियान प्रादेशिक संरचना ७ नम्बर क्षेत्र कर्णालि प्रदेशमा गएर टुंगिने बताए ।

रिजालका अनुसार नेपाल बिज्ञापन संघलाइ आउदो अधिबेशन पछि ७ ओटै प्रदेशमा बिस्तार गरिनेछ । बिज्ञापन ब्यावसायमा रहेका कमि कमजोरीलाई आगामी दिनमा सुधार गर्दै लाने प्रतिबद्धता समेत रिजालले जनाए  । भेलामा इटहरी,धरान बिराटनगर लगायत ठाउमा क्रियासिल रहेका बिज्ञापन ब्यवासायिहरु उपस्थिति रहेको थियो । १ नम्बर प्रदेशमा झण्डै २ दर्जन बढि बिज्ञापन ब्यावसायिहरु क्रियासिल छन ।