धरान(डेस्क) : विराटनगरमा जारी साफ च्याम्पियनसिप महिला फुटबलको सेमिफाइनलमा आज नेपालले श्रीलंकासँग खेल्दैछ ।

यो खेल विराटनगरको शहीद रंगशालामा बिहान ११ बजे सुरु हुनेछ । खेल जित्दै फाइनलमा पुग्ने नेपालको लक्ष्य छ । अहिलेसम्म प्रतियोगिताको उपाधि जित्न नसकेको नेपाल यसपटक घरेलु मैदान र समर्थकको साथमा पहिलो पटक च्याम्पियन बन्ने अभियानमा रहेको छ ।

नेपालले समूह चरणको खेलमा भुटान र बंगलादेशलाई पराजित गरेको थियो । उता श्रीलंकाले भने समुहका खेलमा माल्दिभ्सलाई पराजित गर्दा भारतसँग हारेको थियो ।
प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आजै भारत र बंगलादेश भिड्नेछन् । यो खेल नेपाली समय अनुसार दिउँसो ३ बजे सुरु हुनेछ ।