धरान: विद्यार्थीको लागि चाहिने विद्यालय पोशाक, झोला, जुक्ता धरानमा एक थलोमा पाउने उद्देश्यले पसल सञ्चालनमा आउने भएको छ ।

धरानका यूवा व्यावसायि फिरोज अली र मोहम्मद साफिरको संयुक्त लगानीमा नेपाल यूनिफर्म हाउस तथा नेपाल व्याग शु सेन्टर सञ्चालनमा ल्याउन लागेको हो । धरान–२ स्थित गणपति मिनी मार्केट भित्र सञ्चालनमा ल्याउन लागेको पसलको शनिबारबाट औपचारिक रुपमा सञ्चालनमा ल्याइने मंगलबार धरानमा पत्रकार सम्मेलन गरी सञ्चालक मध्येका फिरोज अलिले बताए । अलि नेपाल कपडा तथा सिलाई व्यावसायि महासंघको केन्द्रीय सचिब समेत हुन् । उनले धरानमा सटिङ सुटिङ पसल सञ्चालन गदै आएका छन् । पसलको उद्घाटन नेपाल कपडा तथा सिलाई व्यावसायि संघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठले गर्ने कार्यक्रम छ ।

unifoms
करिब ७५ लाखको लागतमा सञ्चालनमा ल्याउन लागेको पसलमा विद्यार्थीको लागि कपडा, झोला र जुक्तालगायतका सामानहरु सुपथ मुल्यमा पाइने उनले बताए । ‘२ वटा पाइन्ट, २ वटा सर्ट र एउटा कोट र सिलाइ ज्याला गरी साढे ९ हजार रुपैयाँमा मात्र लिन्छौं’ उनले भने ‘अन्यको तुलनामा ३५ सय रुपैयाँ कम मुल्य पर्छ । सामानको गुणस्तरलाई विशेष ध्यान दिएका छौं’ । बाहिरको भन्दा ३० देखि ३५ प्रतिशतसम्म छुटको व्यावस्था रहेको अलिले बताए । उनले २५ जनासम्मलाई रोजगारीको सिर्जना गर्ने समेत बताए । उनले १२ देखि १४ भेराइटीका सामान राखिने बताए ।

unifomm

विरगञ्जमा बनेको नोबेल ब्याण्डको कपडाको थान राखिएको छ । विद्यालयको ड्रेसको कलर अनुसारको कपडा राखिने उनले बताए । गुणस्तरीय हिसाबले रेमण्ड ब्याण्डको कपडा भन्दा कम नभएको उनको दाबी थियो । सुपथ मुल्यमा राखिएको छ भने फुटल्याण्ड कम्पनीको जुक्ता उपलब्ध रहेको छ । पोशाक सिलाउनको लागि सिलाई कारखाना समेत तयार पारिएको छ । धरानमा भएका करिब ९३ वटा विद्यालयको विद्यार्थीको पोशाक राखिने भएको छ । हालसम्म धरानका करिब १५ वटा विद्यालयसंग सहकार्य भएको अलिले बताए । ‘धरानमा करिब ९३ वटा स्कुल रहेछन्, अहिलेसम्म करिब १५ वटासंग सहकार्य भएको छ’ उनले भने ‘अब छिट्टै अन्य स्कुल र कलेजमा पनि सहकार्यको लागि जानकारीको लागि जान्छौं’ । अभिभावकलाई आफ्नो वालबच्चाको लागि चाहिने विद्यालय पोशाक एक ठाउँमा खरिद गर्न पाउदा सस्तो पर्ने अर्का सञ्चालक मोहम्मद साफिरले बताए ।

तस्बिरहरु:सनम तामाङ