धरान (डेस्क) : सुनसरीको दुहवि नगरपालिकामा मङ्गलबार एक दिने वृत्ति (तालिम ) परामर्श तथा रोजगार मेला सम्पन्न भएको छ ।

वेरोजगार युवालाई रोजगारी दिने तथा रोजगारदातालाई कामदार उपलब्ध गराउने उद्येश्यले मेलाको आयोजना गरेको आयोजकले जनाएको छ ।
दुहबी नगरपालिका, सुनसरी, बुढीगंगा गाउँपालिका, मोरङ्ग, र उद्योग संगठन मोरङ्गको आयोजना तथा ईन्स्योर परियोजना, प्रविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद, हेल्भिटास नेपालको सहयोगमा मेला सम्पन्न भएको हो ।
मेलाको उद्घाटन प्रदेश नम्बर १ का मुख्य मन्त्रि शेरधन राईले गमलामा रोपेको फुलमा पानि हालेर गरे । उद्घाटनमा बोल्दै मुख्य मन्त्रि राईले सम्वृद्ध नेपाल, सुखी नेपाली भन्ने सरकारको नारालाई पुरागर्न यस्तो मेलाले सहयोग गर्ने राम्रो अवसर भएको बताए । यसअघि प्रदेश सरकारले ल्याएका केही कानुनका कारण उद्योग सन्चालनमा समस्या भएको भएपनि अब सगै बसेर ति समस्या कसरी हल गर्न सकिन्छ भन्ने विषयमा प्रदेश सरकारको ध्यान गएको समेत राईले बताए ।

स्वदेशमा दक्ष कामदार नभएका कारण अहिले कतिपय उद्योगले विदेशी कामदारका कारण आफ्नो उद्योग सन्चालन गरिरहेका छन् । अबका दिनमा समय अनुकुल व्यवाहारीक शिक्षा, सिप लगायतका विषयमा स्वदेशमै दक्ष कामदार उत्पादन गर्न प्रदेश सरकार लागिपरेको प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्रि जीवन घिमिरेले बताए ।
दुहवी नगरपलिकाका मेयर वेदनारायण गच्छदारको अध्यक्षतामा भएको कार्यक्रममा उद्योघ संगठन मोरङ्ग अध्यक्ष भीम घिमिरेले कार्यक्रमको उद्देश्य माथि प्रकास पार्दै अबका दिनमा दक्ष युवाले परिवारलाई छोडेर रोजगारीका लागी तातो घाममा विदेशिनु नपर्ने र त्यसका लागी नेपालमै रोजगारी दिने प्रतिवद्धता जनाए ।
मेलामा रोजगार परामर्शदाताले, मेलामै उपस्थित योग्य युवाहरु लाई छनौट गरी रोजगार दातालाई उपलब्ध गराउने रोजगार पसलका दिल्लिराम ढकालले जानकारी दिए । मेलामा ४६ वटा स्टल राखिएका थिए । सबै स्टलको मुख्यमन्त्रि राईले अवलोकन गरेको थियो भने मेलामा उपस्थित उद्योगिहरुले ३ सय ५० जना दक्ष युवालाई रोजगारी दिने प्रतिवद्धता जनाएका थिए ।