धरान(डेस्क) : मोरङको उर्लाबारी नगरपालिका ७ स्थित एक स मिलमा मङ्गलबारराति आगलागि भएको छ ।

बरगाछी चोक नजिकै कमला श्रेष्ठको नाममा रहेको कन्काई स मिलमा गएराति करिब साढे ११ बजेतिरबाट आगलागि सुरु भएको थियो । आगो नियन्त्रणमा लिन दमक नगरपालिकाका २ वटा दमकल, गौरादह नगरपालिका र शुन्दर हरैचा नगरपालिकाको एक÷एक दमकल, स्थानीयवासी, शशस्त्र प्रहरी खटेका थिए । करिब ४ घण्टापछि आगो नियन्त्रणमा आएको थियो । आगलागिबाट थप क्षति हुन नदिन स्काभेटरको सहयाताले काठका मुढा पन्छाईएको थियो । आगलागिबाट बिभिन्न प्रकारका काठ, टुना, चिर्न ठिक्क पारिएका काठहरु जलेका छन् ।

आगलागिबाट करिब २० लाख बढिको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागि स्थलमा जुटको बोराहरु समेत फेला परेको र स मिलको कम्पाउडका रुपमा लगाईएको टिनको बेरा समेत भत्काएको अवस्थामा भेटिएकोले कसैले आगो लगाएको हुन सक्ने स्थानीयहरुले दावी गरेका छन् । बिहान करिब साढे ३ बजे मात्र आगो पूर्ण रुपमा नियन्त्रणमा आएको थियो । घटनाको बिषयमा थप अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालयय उर्लाबारीले जनाएको छ ।