विराटनगर: प्रतिद्धन्दी श्रीलङ्कालाई ४-० गोलअन्तरले हराउदै आयोजक नेपाल विराटनगरमा जारी साफ वुमेन्स च्यान्पियनसिपको फाइनल प्रवेश गरेको छ ।

नेपालको जितमा पुनम जर्घामगर, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले गोल गरिन् । खेलको पहिलो गोल पुनमले ४२ औ मिनेटमा गरेकी थिइन् । यस्तै, ७३ औं मिनेटमा अनिताले दोस्रो गोल गर्दै गोलअन्तर बढाइन् भने ८२ मिनेटमा साबित्राले तेस्रो गोल गरेकी थिइन् । यस्तै, ८७ औं मिनेटमा चौथो गोल गर्दै रेखाले नेपालको जित पक्का गरिन् ।

साफ वुमेन्सको पाँच सँस्करणमा नेपाल फाइनल पुगेको यो चौथो पटक हो । तर, नेपालले अहिलेसम्म एक पटक पनि उपाधि जितेको छैन । नेपालले अब शुक्रबार फाइनल खेल्नेछ । डिफेन्डिङ च्याम्पियन भारत र बंगलादेशबीच हुने सेमीफाइनल खेलको विजतासँग नेपालको भेट हुनेछ ।