विर्तामोड: झापाको विर्तामोडमै इन्टेरियर डिजाइन सुरु गरेकी सहाना अली यति वेला इन्टेरियर तथा एक्सटेरियर डिजाइनमा ब्यस्त छिन ।

घर निर्माण हुनु पुर्व या निर्माण सम्पन्न भइसके पछिको सजावट अर्थात डिजाइनका लागि विगतमा भारत वा अन्य देशमा मात्र डिजाइन गराउने सुविधा थियो । पछिल्लो समयमा फर्निचर तथा आल्मुनियम ब्यवसायीहरुले विदेशी डिजाइनरको डिजाइन अनुसार घर, कोठाको ब्यवस्थापन तथा श्रृङ्गार गर्ने चलन वढेको छ । यसै कुरालाई मध्यनजर गर्दै झापा अर्जुनधारा नगरपालिका वडा नं. ८ मा स्थाइ ठेगाना भएकी २४ वर्षिया सहाना अलीले यि सम्पुर्ण डिजाइन गर्ने सेवा झापाको विर्तामोडमा सुरु गरेकी छिन ।

इन्टेरियर तथा एक्स्टेरियर अर्थात घर भित्र तथा वाहिर दुवैको कमर्सियल तथा रेसिडेन्टल डिजाइन गर्ने साहानाले आइ.एन.आइ.एफ.डी. अन्तर्गत भारतको सिलिगुडीमा डिजाइनको कोर्ष गरिन् । उनले साइनाथ युनिर्भसिटि झारखण्डको सम्वन्धन प्राप्त नयाँ दिल्लीमा रहेको कलेजवाट २ वर्षको ग्रयाजुएसन कोर्ष पनि गरिन् । उनले एक एक वर्ष नयाँ दिल्लीकै साउथ एक्स डिभाइन इन्टेरियरमा जागिर सँगसँगै इन्ट्रनसिप पनि गरिन् । त्यसपछि आफ्नै देशमा फर्किएर बैंक, अफिस, घर, हस्पिटल, स्कुल, पसल, म्युजियम, रेष्टुरेन्ट एण्ड वार, सो रुम, वाल वच्चाहरुका लागि घर भित्र वा बाहिर खेल्ने ठाउ लगायतकोे वास्तुशास्त्र अनुसारनै आकर्षक डिजाइन गर्दै आएकी छिन्

COUNTER-WITH-LIGHTSN

विर्तामोडस्थित निल डेभिडको आधुनिक सुविधा सम्पन्न सैलुनको डिजाइन गरिसकेकी साहाना भन्छिन्,“विदेसमा गएर हामीले केही सिकेर आउने हो, त्यो सीपलाई आफ्नै देशमा प्रयोगमा ल्याउन सकियो भने देस विकास आफैँ हुन्छ ।” टु डि, थ्रीडि क्वालिटीमा डिजाइन गर्ने गरेकी साहानाले विर्तामोड नगरपालिका वडा नं. ५ को पाथिभरा टोल रोड नं. १ मा सना इन्टेरियर डिजाइन नाम दिएर ६ महिना अघि देखि डिजाइनको सुरुवात गरेकी छिन । हालसम्ममा लगभग १२ वटा फरक फरक डिजाइनको काम सम्पन्न गरेर आफ्नो क्षमता देखाइसकेकी छिन् । हाल साहानाले २० वडा डिजाइनको काम सम्झौता गरेकी छिन् ।

IMG_2034

साहानाको परिवारमा बुवा आमा र भाइ छन । बुवा आमाको छुट्टै सिरक पसल छ भने भाइले पनि १२ कक्षा उर्तीण गरी आर्किटेक्ट अध्ययनको तयारी गरिरहेका छन् । भाईले आर्किटेक्टको कोर्ष सके पछि दिदी भाइको पढाइ र ब्यवसाय एक सिक्काको दुई पाटा हुने बताउदै साहाना भन्छिन्,“भाइले कोर्ष सके पछि मैले डिजाइन गर्छु, भाइले डिजाइन अनुसारको काम गर्छन् । त्यसले मलाई र भाई दुवैलाई काम गर्न सहज हुन्छ ।” आत्मविश्वास र सहासका साथ साहानाले सुरुवात गरेको ब्यवसाय झापामा नौलो भए पनि नयाँ सोचवाट अघि बढेको छ भने नेपाली युवा पिढीमा देशमै केही गर्न सकिने सन्देश पनि दिएको छ ।

9c143627-513f-4a17-9857-6f3