इनरुवा: भारततर्फ अवैधरुपमा निकासी भइरहेको ठुलो परिणाममा सशस्त्र प्रहरीले मदिरा नियन्त्रणमा लिएको छ । सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर ५ स्थित सिसुवाबाट प्रहरीले मंगलबार राती अवैध मदिरा नियन्त्रणमा लिएका हो ।

राती करिब १० बजेको समयमा भारततर्फ मदिरा लगिरहेको भन्ने बिशेष सुराकीको आधारमा भुटाहा सशस्त्र प्रहरी वलले पक्राउ गरेको प्रमुख धिरज गुरुङले जानकारी दिए । उनका अनुसार गोप्य सुचना पाएपछि सशस्त्र प्रहरीले सुरक्षा व्यवस्था कडा गरेर गस्ती गरेको थियो । सो क्रममा ७ सय १७ थान बोतल मदिरा पक्राउ गर्न सफल भएको उनले बताए ।

सशस्त्र प्रहरी निरीक्षक गुरुङको नेतृत्वमा ७ ७ जनाको गस्ती टोली बसन्तपुर क्षेत्रमा परिचालित भएका थिए । त्यसक्रममा सुनसरी खोलाको बाटो बसन्तपुरबाट पक्राउ गरिएको गुरुङले बताए । समातिएको मदिरा ७ सय १७ थान रहेको छ । ती मदिरा भन्सार छलेर भारत तिर खोलाको बाटो हुदै बसन्तपुरबाट लगिरहेको थियो । बरामद गरिएको ७ सय १७ बोतल मदिराको मुल्या १ लाख मुल्यांकन गरी आवश्यक कार्वाहीको लागि सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाइएको सशस्त्र प्रहरी बल भुटाहाले जनाएको छ । होली पर्वलाई लक्षित गरी भारतमा प्रतिबन्ध रहेको मदिरा नेपालबाट भित्र्याउन सक्ने आशंकामा सशस्त्र प्रहरीले विशेष कडाई गरेको छ । प्रहरीले ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।