धरानका पुर्वमेयर हुन्, ध्यानबहादुर राई । उनी हाल उपचारको सिलसिलामा भारतमा छन् । उनी देशबाहिर हुँदा पनि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको पछिल्लो घटनाक्रमबारे निरन्तर अपडेटमा छन्, र त्यसबारेमा चासो, चिन्ता र विचारहरु पनि सामाजिक सञ्जालमा व्यक्त गरिरहेका छन् । हिजोदेखि वीपी प्रतिष्ठानमा २ जना भिसि भएका छन् । यसले द्धिविधा, अन्योल, निराशा बढाएको भन्दै उनले लेखेका छन्:

१)अहिले विपि स्वास्थ विज्ञान प्रतिष्ठानमा दुई जना उपकुलपति छन । एउटा सरकारले निमित्त वनाएर पठाएको र अर्को अदालतको निर्णयले यथास्थितिमा राखेको । यस्तोमा कर्मचारीवर्ग स्वत द्विविधा उत्पन्न भै निर्णय कार्यान्वयनमा अन्यौल हुने नै भयो । यस्ले सेवा प्रवाह अवरुद्द हुनेभयो । यसो हुँदा केके हुन्छ भन्नै परेन ।

कर्मचारी विभाजित रे, हुँदा हुँदा नागरिक समाज पनि विभाजित रे, प्रत्येक अमुक अमुक पार्टीकै पनि गुटहरु विभाजित रे, मिडिया भित्रै पनि भिन्न भिन्न देखाइ रे । के भाको ? कोहि दासवादी कोहि रौनियारवादी रे । अनि सर्वसाधारण थप अन्यौलग्रस्त । केही हुँदैन सतिले सरापेको देश ! राजा आए हुन्थ्योकी ? विप्लव आए हुन्थ्यो कि ? हिन्दु सापेक्ष देश वा सङ्घियता हटे देश सपिन्थ्योकी ? थप अन्यौंल अनि निराशा ।

२ विपि प्रतिष्ठान धरानमा जे देखिएको छ त्यो अर्कै विषय र प्रकरणमा अरुतिर सर्वत्र व्याप्त छ । समग्र विश्वविद्यालय, सवै सस्थान(प्रतिस्ठान लगायत लगायतमा ।

३) हामी नहुनु पर्ने एकातिर र हुनुपर्ने अर्कोतिर कहिल्यै भएनौं । छासमिस ,कक्टेल, भद्रगोल, गुटमा, झुण्डमा, ग्याङमा रमायौं।
४) अविश्वास, तिक्तता, आग्रह व्याप्त छ र सवैको खास ध्येय छ, पानी धमिल्याउँने र माछा मार्ने । अन्यौल र द्वन्दमा नै सवै सेटिङवाला र परचक्रीले फाइदा लिनेहुन् ।

इकाइ तहदेखी समग्रतामा,फेद(स्थान विशेष) देखि टुप्पो(केन्द्र)तहसम्मकै यो फोहोर नहटाउँदा सम्म जुनसुकै तन्त्र आएगए पनि सुधार हुनेछैन । जरो (च्ययत) खोजौँ पातमा उपचार खोजेर सन्चो हुँदैन ।