इटालीमा विद्यार्थी सवार एक बस ड्राइभरले नै अपहरण गरेका छन् ।

इटालीको मिलानमा ५१ जना विद्यार्थी सवार स्कुल बस ड्राइभरले अपहरण गरी दुर्घटनामा पारेका हुन् । बसमा बन्धक बनाइएका बालबालिकालाई प्रहरीले बसको झ्यालबाट उद्दार गरेको छ । बसका ड्राइभर इटालियन नागरिक भए पनि उनी सेनेगलबाट गएको बताइएको छ । अपहरणमा परेका बालबालिका कोही पनि गम्भीर घाइते भने भएका छैनन् ।

१४ जनालाई भने धुवाँले समस्या भएको छ । बस अपहरण गरेका ड्राइभरले कोही पनि जीवित नरहने बताएका थिए । मिलानका प्रहरी प्रमुख फ्रान्सेस्को ग्रेइकोले सबै बालबालिकालाई सफलतापूर्वक उद्धार गर्न सफल हुनेलाई अपूर्व बनेका छन् । बसमा रहेका एक शिक्षकले ओसेयनोउ सी नाम गरेका ड्राइभर आप्रवासी सम्बन्धी इटालीको रणनीतिप्रति आक्रोशित भएको बताए । यस्तै भूमध्य सागरमा भइरहेको आप्रवासीको निधनबाट उनी आक्रोशित थिए ।

ड्राइभरविरुद्ध अपहरण, आमहत्याको प्रयाससहितका मुद्दा दर्ता गरिएको इटालीका अधिकारीले जनाएका छन् ।