धरान: गर्ल फ्रेण्ड भेट्न गइरहेका धरानका एक युवालाई चार जनाको समुहले चुरोट नकिनिदिएको झोकमा मोवाइल खोसेर कुखुरी प्रहार गरेका छन् ।

धरान १९, सगरमाथा चोकका देवराज राईलाई होलीको दिन बिहिबार खुकुरी प्रहार भएको हो । उनलाई धरान ५ स्थित देउराली नजिक आक्रमण भएको थियो । खुकुरी प्रहारबाट घाइते भएका राईको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । उनलाई पछाडि ढाडमा कुखुरीले काटेको छ ।

murdes5

घाइते राईका अनुसार उनी बगरकोट पुल पार गरेर देउरालीतर्फ गर्ल फ्रेण्ड भेट्न गइरहेका थिए । त्यसैबेला ४ जनाको समुहमा युवाहरुसँग उनको जम्का भेट भयो । उक्त समुहले उनलाई रोकेर चुरोट किनेर देउ भन्यो । ‘मैले चिनेको पनि थिइनँ, चुरो किन्दे भन्यो । मैले चिन्दा पनि चिन्दिन,किन किन्ने मात्र भनेको थिएँ,’घाइते राईले भने,‘मेरो मोवाइल खोसेर लग्यो, र सिरुपाते खुकुरीले हान्यो, धन्न म भागेकोले पछाडि ढाडमा मात्र काट्यो ।’

बिहिबार होली पर्व मनाउने क्रममा धरानमा निक्कै अपराधिक घटनाहरु भएको थियो । प्रहरीले सुरक्षा व्यवस्था कडा बनाउदै हतियारसहित दुई दर्जन बढी युवाहरु पक्राउ समेत गरेको थियो । तथापी, धरान ९ आचार्य लाइनमा छुरा प्रहारबाट एक जनाको ज्यान गएको छ भने सोही घटनामा अर्का एक युवा घाइते भएका छन् ।