इलाम : राणा शासनकालमा निर्माण गरिएको पुरानो जिल्ला प्रशासन कार्यालय भवन नेपाल सरकारले सांस्कृतिक संग्रहालय स्थापना गर्न इलाम नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

सांस्कृतिक सम्पदामार्फत् पर्यटकीय विकास गर्न ‘इलाम दरबार’मा नगरले बहुसांस्कृतिक संग्रहालयको पहलसमेत थालेको छ । केही दिनअघि संघीय सरकारले ऐतिहासिक सम्पदाका रुपमा रहेको यो भवन इलाम नगरलाई हस्तान्तरण निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय नयाँ भवनमा सरेपछि केही महिनाअघि पुरानो भवन भत्काउने प्रयाससमेत भएको थियो । तर, स्थानीयले यो भवनलाई ऐतिहासिक सम्पदाका रुपमा राख्न दबाब दिएपछि भवन भत्काउन रोकिएको थियो । भवनमा संग्रहालय स्थापना गर्न १५ लाख रुपैयाँसमेत छुट्याएको नगरपालिकाका मेयर महेश बस्नेतले बताए ।

–नागरिक पूर्वेलीबाट