धरान: आज विराटनगरमा महिला साफ फुटबल प्रतियोगिता २०१९ को फाइनल खेल हुदैछ । फाइनलमा आयोेकज नेपालले छिमेकी मुलुक भारतको समाना गर्दैछ ।

भारत साविक विजेता टोली हो । तर, आफ्नै मुलुकमा आयोजना भइरहेको प्रतियोगितामा फाइनल पुगेकोले नेपाली टोलीको मनोवल पनि उच्च छ । अझ नेपाली टोलीलाई हौसला दिलाउन १ नं प्रदेश सरकारले खेलाडीहरुको हौसला बढाउन तथा प्रोत्साहन गर्न नगद पुरस्कारको घोषणा गरेको छ । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले एक प्रेस विज्ञप्ति जारी गर्दै उपाधि जिते सरकारले जनही नगद २ लाख रुपैया खेलाडीहरुलाई उपलब्ध गराउने निर्णय प्रदेश सरकारले गरेको जनाएका छन् ।

press-release0

मन्त्री परिषद बैठकले खेलाडीहरुको प्रोत्साहनको लागि निर्णय गरेको मन्त्री कार्कीद्धारा हस्ताक्षरित विज्ञप्तीमा खुलाइएको छ । प्रतियोगितामा प्रथम स्थान हासिल गरे महिला खेलाडीहरुले जनही २ लाख रुपैया पाउनेछन् । उपविजेतामा सिमित रहेमा जनही नगद एक लाख रुपैया प्रोत्साहन स्वरुप उपलब्ध गराउने निर्णय गरिएको प्रवक्ता कार्कीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । विराटनगरमा फागुन २८ गतेदेखि महिला साफ फुटबल प्रतियोगिता आयोजना भइरहेको छ ।